विश्वव्यापी कर लगाउने अमेरिकी व्यापार नीति अदालतले रोक्यो
अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर लगाएर आफ्नो अधिकार नाघेको फैसला सुनाएको छ ।
ह्वाइट हाउसले लागू गरेको आपतकालीन कानूनले धेरै देशमा कर लगाउने एकपक्षीय अधिकार प्रदान गर्दैन भन्दै अन्तर्राष्ट्रिय व्यापार अदालतले फैसला सुनाएको हो ।
राष्ट्रपति ट्रम्पले कर लगाएका देशहरूबाट सामान आयात गर्ने पाँच साना व्यवसायहरूको तर्फबाट दायर गरिएको मुद्दामा फैसला गर्दै अदालतले अमेरिकी संविधानले कंग्रेसलाई अन्य राष्ट्रहरूसँगको व्यापार नियमन गर्ने विशेष अधिकार बताएको बीबीसीले जनाएको छ । यो फैसलाले ट्रम्प प्रशासनको व्यापार कर नीतिमा धक्का पुर्याएको छ ।
यसैबीच अदालतले हिजो फैसला सुनाएको केही समयमै ट्रम्प प्रशासनले राष्ट्रिय आपतकालको अवस्थालाईलाई कसरी उचित रूपमा सम्बोधन गर्ने भन्ने निर्णय गर्ने काम न्यायाधीशहरूको नभएको भन्दै प्रतिक्रिया दिएको छ ।
ह्वाइट हाउसका उप प्रेस सचिव कुश देसाईले निकाल्नुभएको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले अमेरिकालाई पहिलो स्थानमा राख्ने प्रतिबद्धताका साथ काम अघि बढाउनु भएकामा अदालतको हस्तक्षेपले आर्थिक क्षेत्रमा आउनसक्ने सङ्कटलाई सम्बोधन गर्न कठिनाई हुने उल्लेख छ । उज्यालो
May 29, 2025 11:25 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी