संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान
काठमाण्डौ – सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ । आज मुख्यगरी संसदको अवरोध हटाउने र बजेट माथिको छलफलका लागि समय निर्धारण गर्ने उद्देश्यले सभामुखले छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समेत हुनुपर्ने मुख्य अडान राख्दै आएका छन् । जेठ १५ मा संसदको संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थालाई ध्यानमा राखेर हिजो अवरोध नगरेको विपक्षी दलहरुले बताएका थिए । माग संवोधन नभए अबको संसद् चल्न नदिने माओवादी केन्द्रसहितका विपक्षी दलले अडान दोहोर्याएका छन् ।
आजको छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले माग पूरा नहुँदासम्म सदन चल्न नदिने जानकारी गराएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने धारणा राखेको जानकारी दिनुभयो । तर नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनको अवरोधका विषयमा औपचारिक कुराकानी नभएको बताउनुभएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ २० गतेका लागि बोलाइएको छ । उज्यालो
May 30, 2025 3:35 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी