

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

कुबेत “हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाल कुवेत साँस्कृतिक मञ्चको २४ औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२५ कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा नेपालबाट आमन्त्रित अतिथि कलाकार लोकदोहोरी गयिका प्रिती आलेको साथमा मनाउने अध्यक्ष गोबिन्द बरालले मिढिया संग कुराकानीमा बताए।
नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा हिन्दु नेपाली महिलाहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ।नेपाली कला, सांस्कृतिकको जगेर्ण तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्चको प्रतिबद्धता रहेको जनाएको छ। चर्चित लोकदोहोरी गायिका प्रिती आलेको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।
उक्त दिन हुने २४ औं सांगीतिक कार्यक्रममा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ। उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन। स्थापना कालदेखि कुबेतमा स्थापित संघ-संस्थासंग हातेमालो गर्दै थुप्रै समाजिक काम गर्दै आइरहेको छ।
कार्यक्रमको विवरण:
मिति :- अगष्ट २९ तारिक २०२५ शुक्रबार
स्थान :- अस्पाएर ईण्डियन सेन्टरल स्कुल, जिलिप
आयोजक :- नेपाल कुवेत साँस्कृतिक मञ्च
June 2, 2025 10:45 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

