रबिबारे पुर्वप्रधानमन्त्रि चन्द सोध्छन कानूनका रक्षक बनेर बसेकाहरू अहिलेसम्म कहाँ सुतिरहेका थिए
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबारे प्रतिक्रिया दिएका छन्।
उनले लामिछानेसम्बन्धी समाचार अखबारमा पढेको भए पनि प्रत्यक्ष भेटघाटन भएको उल्लेख गर्दै ‘कानूनका रक्षक भनेर बसेकाहरू अहिलेसम्म कहाँ सुतिरहेका थिए’ भनेर प्रश्न गरेका छन्।
‘रविजीले यी सबै गैरकानूनी काम सांसद वा गृहमन्त्री भएपछि मात्र त गर्न भ्याउनुभएको छैन होला, अनि ठाउँमा कानूनका रक्षक भनि बसिरहेकाहरू अहिलेसम्म किन र कहाँ सुतिरहेका थिए। कानूनी स्थिति मलाई थाहा छैन तर, अहिलेसम्म चुप बसी हेरिरहेका उनीहरूले नैतिक जिम्मेवारी पूरा नगरेको ठहर्छ जस्तो मलाई लाग्छ,’ उनले आफ्नो फेसबूकमा भनेका छन्।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा छन्। नागरिक
June 17, 2025 10:58 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप