रबिबारे पुर्वप्रधानमन्त्रि चन्द सोध्छन कानूनका रक्षक बनेर बसेकाहरू अहिलेसम्म कहाँ सुतिरहेका थिए
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबारे प्रतिक्रिया दिएका छन्।
उनले लामिछानेसम्बन्धी समाचार अखबारमा पढेको भए पनि प्रत्यक्ष भेटघाटन भएको उल्लेख गर्दै ‘कानूनका रक्षक भनेर बसेकाहरू अहिलेसम्म कहाँ सुतिरहेका थिए’ भनेर प्रश्न गरेका छन्।
‘रविजीले यी सबै गैरकानूनी काम सांसद वा गृहमन्त्री भएपछि मात्र त गर्न भ्याउनुभएको छैन होला, अनि ठाउँमा कानूनका रक्षक भनि बसिरहेकाहरू अहिलेसम्म किन र कहाँ सुतिरहेका थिए। कानूनी स्थिति मलाई थाहा छैन तर, अहिलेसम्म चुप बसी हेरिरहेका उनीहरूले नैतिक जिम्मेवारी पूरा नगरेको ठहर्छ जस्तो मलाई लाग्छ,’ उनले आफ्नो फेसबूकमा भनेका छन्।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा छन्। नागरिक
June 17, 2025 10:58 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै