अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे
अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ । यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २३ देखि २५ जना बालबालिकाको खोजी तथा उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ ।
टेक्सासका धेरै क्षेत्रहरूमा राज्य आपत्काल लागू गरिएको छ । बाढीका कारण धेरै सडकहरू बन्द छन् । यस्तै पानी, बिजुली तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीलाई स्तब्ध पार्ने र भयानक भनेर वर्णन गर्नुभएको खबरमा उल्लेख छ । उहाँले थप सहयोगको पनि वाचा गर्नुभएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा बाढीको पानी सडकमा तीव्र गतिमा बगिरहेको देख्न सकिन्छ । साथै बाढीको पानीका कारण पुलहरू पनि डुबेको देख्न सकिन्छ ।
टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले ४५ मिनेटभित्र ग्वाडालुपे नदीको पानीको स्तर २६ फिटले बढेको बताउनुभएको छ । सबै बेपत्ता व्यक्तिहरू फेला नपरेसम्म राहत र उद्धार कार्य चलिरहने अधिकारीहरूले बताएका छन् ।
विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा मानव सिर्जित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रूपमा देखिन थालेका छन् उज्यालो
July 5, 2025 11:32 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।