घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव
काठमाण्डौ – घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई कारबाही गर्न सरकारमाथि दबाव बढेको छ ।
घूस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई तत्काल बर्खास्त गरेर कारबाही गर्न सडकदेखि सदनसम्मबाट दबाव बढेको हो । तर सुशासन आयोगको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली यसबारे अझै मौन हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई राजीनामा दिन निर्देशन दिएको भनिए पनि यसबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन ।
प्रधानमन्त्री ओलीले हिजो मन्त्री गुप्तालाई बोलाएर छलफल गर्नुभएको थियो । तर गुप्तालाई मन्त्री पदबाट हटाउनेबारे कुनै निर्णय भएन ।
मन्त्री गुप्ताले घुस मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ । अख्तियारले अडियो परीक्षण गर्न विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।
मन्त्री गुप्ता, बिचौलिया पुरुष र एक महिलाबीच कुराकानी भएको ९ मिनेटको अडियोमा ‘मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यालय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासनमन्त्री गुप्ताले बिचौलियासँग ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ गरी ७८ लाख रुपैयाँ घुस डिल गरेको उल्लेख छ ।
६ महिनाअघि भएको यो घुस संवादको अडियो केही दिनअघि मात्रै सार्वजनिक भएको हो । उज्यालो
July 15, 2025 11:59 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी