स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन
काठमाण्डौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै मदन भण्डारी फाउण्डेशनले देशव्यापी अभियान थालेको छ ।
पहिलो चरणमा स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन भएको छ । विद्यादेवी भण्डारी प्रमुख संरक्षक रहेको समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल हुनुहुन्छ ।
मदन भण्डारी फाउण्डेशनले हिजो काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेबाट पुनः सक्रिय भएर काम गर्ने अठोट लिएको बताउनुभयो ।
आफू पार्टीभित्रको कुन संरचनामा के भुमिका हुने भन्नेकुरा पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार भर पर्ने उहाँको भनाइ छ ।
आउँदो भदौको तेस्रो हप्ता हुने विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रिय कमिटीले गरेको निर्णयका आधारमा हुने पूर्वंराष्ट्रपति भण्डारीले बताउनुभयो । उहाँले गएको असार १४ गते पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गर्नुभएको थियो । उज्यालो
July 16, 2025 1:14 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी