सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग
सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घले माग गरेको छ ।
राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले सिरियाको दक्षिणी शहर स्वेइदामा पछिल्ला दिनमा भएको हिंसात्मक झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसबारे स्वतन्त्र र पारदर्शीरुपमा छानबिनको माग गर्नुभएको छ ।
विभिन्न समूहबीच गएको आइतवारयता भएका झडपमा झन्डै ६ सय जनाको ज्यान गएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार झडपमा द्रुज समुदायका लडाकू, सुन्नी बेदुइन जातीय समूह, सरकारी फौज र उनीहरूका समर्थक संलग्न छन् ।
राष्ट्रसङ्घका मानवअधिकार प्रमुख टुर्कले गैरन्यायिक हत्या, अपहरण, लुटपाट, निजी सम्पत्तिमा क्षति पुर्याउने जस्ता काम भइरहेको बताउनुभयो ।
उहाँले राज्यका सुरक्षा संयन्त्रले डर फैलाउने नभई नागरिकको सुरक्षा गर्नुपर्ने र कारबाहीहरु तत्काल रोक्नुपर्नेमा जोड दिनुभएको छ । उज्यालो
July 19, 2025 11:31 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी