सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग
सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घले माग गरेको छ ।
राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले सिरियाको दक्षिणी शहर स्वेइदामा पछिल्ला दिनमा भएको हिंसात्मक झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसबारे स्वतन्त्र र पारदर्शीरुपमा छानबिनको माग गर्नुभएको छ ।
विभिन्न समूहबीच गएको आइतवारयता भएका झडपमा झन्डै ६ सय जनाको ज्यान गएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार झडपमा द्रुज समुदायका लडाकू, सुन्नी बेदुइन जातीय समूह, सरकारी फौज र उनीहरूका समर्थक संलग्न छन् ।
राष्ट्रसङ्घका मानवअधिकार प्रमुख टुर्कले गैरन्यायिक हत्या, अपहरण, लुटपाट, निजी सम्पत्तिमा क्षति पुर्याउने जस्ता काम भइरहेको बताउनुभयो ।
उहाँले राज्यका सुरक्षा संयन्त्रले डर फैलाउने नभई नागरिकको सुरक्षा गर्नुपर्ने र कारबाहीहरु तत्काल रोक्नुपर्नेमा जोड दिनुभएको छ । उज्यालो
July 19, 2025 11:31 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।