

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

कुवेत / एन आर एन ए कुवेतको आसन्न नवौं अधिवेशनका लागि संस्थाका वरिष्ठ उपाध्यक्ष दिल कुमार पाख्रीनले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन। गत १२ जुलाइका दिन निर्वाचन समितीले तोकेको समय तालिका अनुसार उनले कुवेतको खैतानस्थित राजधानी रेस्टुरेन्टमा निर्वाचन समिती समक्ष आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। उनको प्रतिद्वन्द्वीका रुपमा संस्थाकै उपाध्यक्ष विकास सिंह ठकुरी र सदस्य चित्र बहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन।
लामो समय देखि सदस्य, सह कोषाध्यक्ष, दुई कार्यकाल महासचिव गर्दै वरिष्ठ उपाध्यक्षमा रहि निरन्तर समाज सेवा गर्दै धेरै अनुभव बटुलेका पाख्रीनले यसपटक अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन। उनी आर डि क्रीएसन अनलाइन डट कमका प्रधान सम्पादक मात्र होइनन, आदिवासी जनजाती महासंघ, नेपाल तामाङ घेदुङ कुवेत, मोरङ सुनसरी सेवा समाज कुवेत, भोजपुर सेवा समाज कुवेत लगाएत थुप्रै संघ संस्थामा समेत आवद्ध रहँदै सामाजिक कार्यमा योगदान दिइरहेका छन। नेपालमा ७२ सालको भुकम्पको बेला उनले कोषाध्यक्षको भुमिका निर्वाह गर्दै ठूलो मात्रमा राहत रकम संकलन गरि नेपाली दूतावास मार्फत प्रधानमन्त्री राहत कोषमा संकलित राहत रकम पठाउन देखि संसार नै ध्वस्त बनाउने कोरोनाको समयमा महासचिवको भुमिकामा एन आर एन ए केन्द्र संग समन्वय गर्दै करिव २८ सय भन्दा बढी कम्पनी बन्द भएर अलपत्र परेका नेपालिहरुलाइ नेपाल सम्म उद्दार गरि हवाइ टिकटको व्यवस्था तथा २० हजार भन्दा बढी कोरोनाका कारण रोजगार गुमाएर अलपत्र परेका नेपाली श्रमिकहरुलाइ राहत वितरण कार्यमा समेत प्रत्यक्ष संलग्न रहि कार्य सम्पादन गरेका थिए। त्यति मात्र होइन, उनले महासचिव रहेकै बेला कोरोनाको महामारिमा कुवेत सरकारले दिनेको ५ दिने आममाफिमा नेपाली दूतावास संग सहकार्य कर्दै २ हजार ९ सय ९१ जना अवैधानिक हैसियतमा रहेका नेपालिहरुलाइ नेपाल फर्काउनका लागि टिम लिडिङका भुमिका निर्वाह गरेका थिए।
कोरोना महामारिका समयमा नेपालमा अक्सिजनका अभावका कारण अकालमै ज्यान गुमाइरहेका नेपालिहरुका लागि मध्यपुर्वका एन आर एन ए हरु एक जुट भएर ओमानबाट करिव ५६० थान अक्सिजन सिलिन्डर नेपाल पठाउने बेला समेत सबै मध्यपुर्वका एन आर एन ए संग समन्वय र “डिसिजन मकिङ” अब्बल भुमिका निर्वाह गरेका थिए। कोरोनाकै समयमा महासचिव रहेका बेला केन्द्र र ILO र IOM जस्ता अन्तर्राष्ट्रिय संस्थाहरु संग सहकार्य र समन्वय गर्दै ४ पटक सम्म निशुल्क स्वास्थ्य शिविर समेत सञ्चानल गरेका थिए।
उनले करिव १२ वर्ष एन आर एन ए मा आवद्ध रहेर काम गरिरहँदा उनले धेरै अनुभव बटुलेको र कुवेतका श्रमिकहरुको समस्या समधानमा आफू पुर्ण रुपमा दक्ष भएको कारण अध्यक्ष पदका लागि उम्मेदवारी दिएको दावी गरेका छन। उनले अध्यक्ष बनेर छातिमा ब्याज भिर्न र रिवन काट्दै अध्यक्ष बन्नकै लागि मात्र नभई कुवेतमा श्रमिकहरुका लागि एन आर एन ए ले अझै धेरै काम गर्न सकिने र अहिले सम्म एन आर एन ए ले गर्न बाँकी कामहरु गर्दै मध्यपुर्वमा एन आर एन ए को महत्व श्रमिकहरुलाइ बुझाउँदै संस्थाको गरिमा माथिल्लो स्थानमा दर्ज गर्न उनको उम्मेदवारी रहेको जिकिर गरेका छन।
उनले महासचिव रहेकै बेला कुवेतमा खुलेका सबै नेपाली रेस्टुरेन्टहरुमा एन आर एन ए का सदस्यहरुलाइ २०% छुटको व्यवस्था मिलाएका थिए। त्यसो त मेडेक्स मेडिकल केयर र मेट्रो मेडिकल संग पनि ३०% सम्मको लागि पहल भएको थियो। तर उनको कार्यकाल समाप्ती पछि ती एजेन्डाहरुमाथी फलो अप नभएको कारण त्यो प्रोजेक्ट त्यतिकै सेलाएर गयो। नेपाल रेमिट्यान्समा नै निर्भर छ। कुवेतबाट श्रमिकहरुले आफ्नो कडा मिहेनतका साथ कमाएको रेमिट्यान्सलाई बिना कमिसन वा ५०% मात्र कमिसनमा नेपाल रेमिट गर्नका लागि कुवेतकै एक प्रतिस्ठित कम्पनी अल मुल्ला एक्सचेञ्ज संग दोस्रो चरणको वैठक समेत बसेको थियो तर उनको महासचिवको कार्यकाल समाप्त भए संगै त्यो प्रोजेक्ट पनि स्थागित भएर बसेको छ।
दिल कुमार पाख्रीन अध्यक्ष पदमा किन?
* एन आर एन ए को सदस्यत लिएर के फाइदा? भनेर प्रश्न गर्ने श्रमिकहरुलाइ हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर, र रेमिट्यान्स सेक्टरमा डिस्काउन्ट दिलाएर यी यी कुराहरुमा फाइदा छ भनेर जवाफ दिन।
* अत्यन्तै अनियंत्रित रुपमा रहेको घरेलु कामदारको विसय वार कि पार गर्न। जस्तैः घरेलु कामदार बन्द गर्ने भए नेपाल सरकार र कुवेत सरकारविच संवाद गराएर २० नम्बरे डोमेस्टिक भिसा नै ननिस्किने गरि कुवेत सरकारको सिस्टममा नै बन्द हुने गरि बन्द गराउने, खुलाउने भए नेपाल सरकारको कोषमा पनि पैसा जम्मा हुने गरि श्रम गरेर कामदारको सुरक्षाको ग्यारेन्टी गरि व्यवस्थापन गराउन।
* न्युनत्तम तलव ७५ केडिलाइ बढाएर कम्तिमा १२० केडि बनाउने सम्बन्धी सम्बन्धित निकायसंग बहस तथा छलफल पैरवी गर्न।
* विगत लामो समय देखि कुवेतलाइ नेपालले श्रमिकहरु दिइरहेता पनि अझै सम्म दुई देश विच श्रम सम्झौता भएको छैन। अब श्रम सम्झौता गराउन सम्बन्धित निकायलाइ दवाव सिर्जना गर्न।
* घरेलु कामदारहरु कुवेत वा अन्य खाडी मुलुक आइसकेपछी विभिन्न कारणबस मृत्यु भएमा नेपाल सरकारले शव नेपाल झिकाउन वैदेशिक रोजगार वोर्डबाट अर्थ व्यवस्थापन गराउन।
* कुवेतका नेपाली श्रमिकहरुको समस्याहरुलाइ सम्बोधन गराउन एन आर एन ए बाट नेपाल सरकार समक्ष डेलिगेशन लैजान।
* नेपाल सरकारले मध्यपुर्वमा कामदार जाँदा फ्री भिसा फ्री टिकट भने पनि न्युत्तम तलवमा मध्यपुर्वको खाडी मुलुकमा कामदार पठाउँदा म्यानपावर कम्पनिले अधिकत्तम रकम असुलेर कामदालरालाइ मारमा पारिरहेकाले फ्री भिसा फ्री टिकट कार्यन्वयन गराउन सबन्धित पक्षलाइ दवाव दिन र अधिकत्तम रकम असुल्ने म्यानपावर कम्पनिलाइ कारवाहिको दायरामा ल्याउन दवाव सिर्जना गर्न।
* कुवेतबाट पर्यटन भित्र्याउन अहम भुमिका निर्वाह गर्न।
* कुवेती नागरिकहरुलाइ नेपालको पर्यटन, कृषी तथा जलविद्युत क्षेत्रमा लगानी गराउन प्रोत्साहन गर्न।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की

कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

