एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ —पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण त्यसै विवादमा ल्याइएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पहिले नै नवीकरण भइसकेको विषयलाई अहिले विवादमा ल्याइएको बताएकी हुन् ।
पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण नै छैन,’ उनले भनिन् । एमालेले पार्टी राजनीतिमा फर्कन नदिने भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक अभियानलाई अगाडि बढाउने भएकी छन् ।
एमाले केन्द्रीय कमिटीले मंगलबार मध्यरातमा ‘संवैधानिक राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च संवैधानिक ओहोदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्मअनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने’ तर्कसहित भण्डारीको पुनरागमनमा रोक लगाउने निर्णय गरेको थियो ।
भण्डारीले २०८० मा सदस्यता नवीकरण गरेको बताएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ । राष्ट्रपति निर्वाचित भएपछि सदस्यता त्यागेको अवस्थामा सदस्यता नवीकरण गर्न नमिल्ने तर्क संस्थापन पक्षको छ । कान्तिपुर
July 26, 2025 8:51 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन