अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।
कुवेत। गैरआवासीय नेपाली संघ कुवेतले कुवेत राजधानी प्यालेस खैतानमा आगामी ४ तारिक नवौं एकताको महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर दुई धार भैरहेको अवस्थामा कुवेतमा पनि एन आर एन ए दुई धारमा बगिरहेको छ। गत ३० जुलाइमा बद्री केसि समुहको अधिबेशन कुवेतको साल्मियास्थित होटल सिम्फोनिमा सम्पन्न भएको छ। अब ४ अगस्तका दिन हुन गैरहेको एकताको महाअधिवेशन एन आर एन ए महेश श्रेष्ठ समुहको हो।
केन्द्रको विवाद संगै कुवेतमा पनि एन आर एन ए फुटेको छ। तर फुटेको साथिहरुलाइ जोडेर जाने उदेश्यले यो एकताको महाधिवेशन गर्न लागिएको आयोजक कमिटिले जनाएको छ। हालका अध्यक्ष रणध्वोज लामाको अध्यक्षतामा हुन लागेको उक्त महाधिवेशनले कुवेतमा एकताको सन्देश दिने अपेक्षा गरिएको छ।
कार्यक्रमको तयारी लगभग पूरा भइसकेको आयोजक कमिटीले जनाएको छ। समाज नै विभाजित हुने किसिमले फुटेको एन आर एन ए लाई सहि मार्ग निर्देशन गर्न सल्लाह सुझाव दिँदै सामाजिक एकताको पहलमा जुट्न सबै समाजमा अग्रज, वुद्धिजिवि, एवं संघ संस्थाका अध्यक्ष ज्युहरुलाइ उपस्थितिका लागि अनुरोध गरिएको छ। कार्यक्रम निम्न मिति समय र स्थानमा हुनेछ।
मिति: ०४ अगस्त २०२५
स्थान: राजधानी प्यालेस खैतान
समय: साँझ ठिक ५ बजेबाट
August 3, 2025 12:33 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै