

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कुवेत। गैरआवासीय नेपाली संघ कुवेतले कुवेत राजधानी प्यालेस खैतानमा आगामी ४ तारिक नवौं एकताको महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर दुई धार भैरहेको अवस्थामा कुवेतमा पनि एन आर एन ए दुई धारमा बगिरहेको छ। गत ३० जुलाइमा बद्री केसि समुहको अधिबेशन कुवेतको साल्मियास्थित होटल सिम्फोनिमा सम्पन्न भएको छ। अब ४ अगस्तका दिन हुन गैरहेको एकताको महाअधिवेशन एन आर एन ए महेश श्रेष्ठ समुहको हो।
केन्द्रको विवाद संगै कुवेतमा पनि एन आर एन ए फुटेको छ। तर फुटेको साथिहरुलाइ जोडेर जाने उदेश्यले यो एकताको महाधिवेशन गर्न लागिएको आयोजक कमिटिले जनाएको छ। हालका अध्यक्ष रणध्वोज लामाको अध्यक्षतामा हुन लागेको उक्त महाधिवेशनले कुवेतमा एकताको सन्देश दिने अपेक्षा गरिएको छ।
कार्यक्रमको तयारी लगभग पूरा भइसकेको आयोजक कमिटीले जनाएको छ। समाज नै विभाजित हुने किसिमले फुटेको एन आर एन ए लाई सहि मार्ग निर्देशन गर्न सल्लाह सुझाव दिँदै सामाजिक एकताको पहलमा जुट्न सबै समाजमा अग्रज, वुद्धिजिवि, एवं संघ संस्थाका अध्यक्ष ज्युहरुलाइ उपस्थितिका लागि अनुरोध गरिएको छ। कार्यक्रम निम्न मिति समय र स्थानमा हुनेछ।
मिति: ०४ अगस्त २०२५
स्थान: राजधानी प्यालेस खैतान
समय: साँझ ठिक ५ बजेबाट
August 3, 2025 12:33 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

