अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेअनुसार ९० भन्दा बढी देशले उनीहरुका सामान अमेरिका पठाउँदा तिर्नुपर्ने नयाँ भन्सार दर आजदेखि कार्यान्वयनमा आएको छ । अब विभिन्न देशबाट अमेरिका सामान आयात गर्ने कम्पनीहरूले अमेरिकी सरकारलाई कर तिर्नुपर्ने छ । ती कम्पनीहरूले त्यसरी बढेको खर्चको भार उपभोक्तामाथि थपिदिने भएकाले अमेरिकामा सामान महँगो हुनेछ ।
यस्तै मूल्य बढेसँगै आफ्नो सामानको निर्यात घट्ने निर्यातकर्ता देशहरुको चिन्ता छ । आजदेखि अमेरिकामा उच्च भन्सार दर तिर्नुपर्ने देश ब्राजिल बनेको छ । ब्रजिलबाट आयातित सबैजसो वस्तुमा ५० प्रतिशत शुल्क तोकिएको छ । भारतमाथि पनि ट्रम्पले ५० प्रतिशत शुल्क तोक्नुभएको छ । तर भारतीय वस्तुमाथिको नयाँ भन्सार दर २७ अगस्टदेखि कार्यान्यवनमा आउने छ ।
अमेरिका र चीनबीच नयाँ भन्सार दरबारेमा वार्ता भइरहेको छ । दुवै देश एक अर्का विरुद्ध बढाएको नयाँ भन्सार दर तत्काल कार्यान्वयन नगर्न सहमत भएका छन् । अमेरिकाले छिमेकी देश मेक्सिकोका लागि ९० दिनसम्म पुरानै कर यथावत् रहने बताएको छ । अर्को छिमेकी देश क्यानडामाथि भने ३५ प्रतिशत भन्सार दर कार्यान्वयनमा आएको छ ।
यसैबीच अमेरिकाले अन्तर्राष्ट्रिय कानूनअन्तर्गत मुख्य व्यापार प्रतिबद्धताहरूको उल्लङ्घन गरी चर्को कर लगाएको भन्दै परामर्शका लागि विश्व व्यापार सङ्गठन (डब्लुटीओ) सँग अनुरोध गरेको छ ।
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाले ५० प्रतिशत भन्सार शुल्क लगाए पनि आफ्ना किसानहरूको हित विपरित कुनै सम्झौता नगर्ने बताउनुभएको छ । आज दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै मोदीले किसान, पशुपालक र माझीहरूको हित विपरित कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ । उज्यालो
August 7, 2025 9:58 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत