

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा मेरो पालाको एस एल सि को प्रश्न पेपरको विश्लेषण देखि आजका प्रश्नपत्र को
ढाचासम्म्को विश्लेषण गरेर मैले अनुभव गरेको बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन
को अनुभव यो दाविलाई प्रमाणित गर्ने कोशिस गर्दैछु पढेर राम्रो लागेमा शेयर गरि आजका शिक्षाका सरोकार वालाहरुको मोवाइलको वालमा पुर्याउनु होला ।
शिक्षा विदहरुप्रती कुनै गुनासो छैन र बालमैत्री प्रती ठूलो भरोशा छ अनि पढाउनु पढनुलाईभन्दा प्रेमलाई गुरु ठान्नु हुन्छ जस्को परिणाम स्वरुप अमेरिकामा आठ कक्षा पढ्ने बच्चाले मेशिनगन लिएर आफ्नो साथिहरुलाई चरा सरह ठानेर उडाएका समचार मेडियामा हामी सवैले पढेकै हो र कुनै पनि कुरा अतिगर्नु राम्रो होइन र बालमैत्री भन्दैमा बदमासलाई माया गर्ने होइन उस्लाई कुनै उपाएले पाठ सिकाउनु पर्छ र यो बालमैत्री जब बिधालयमा पढाइ शुरु भयो जेहन्दारको लागि बालमैत्री त्यतिवेला पनि थियो तर बिज्ञापन गरिएको थिएन?
हाम्रा शिक्षा अध्ययन गरि आउनु भएका शिक्षा बिदहरुले जे पढेर आउनु भयो त्यो भुल्नु भएछ या आफ्नो बैज्ञानिक अनुसन्धान गरि नयाँ शिद्धान्त प्रतिपादन गर्नुभयो र कस्ले मान्यता दियो त्यो पनि खुलाउनु भएको छैन आफै बकबक गर्दै हुनुहुन्छ कि डक्टर गरेकोलाई जे पनि बोल्न छुट हुन्छ? मैले आजभभोली नबुज्ने भएको छु?
मैले पढेको त शिक्षाका विश्व प्रशिद्ध धेरै बर्ष परिक्षण र अध्ययन गरीअनुसन्धानको रिपोर्ट समेत विशेष समीतिको प्रमाणित प्रकृया पछि अध्ययनमा आउँछ र त्यस मध्यका प्रशिद्ध शिक्षाविद रोवर्ट
प्लोमिनका अनुसार शैक्षणिक शिकाईमा बङ्शाणुगत तत्वको भुमिका पचास प्रतिसत भन्दा बढि हुन्छ र उन्ले यो पनि भनेका छन ।कि बङ्श नै प्रमुख भविष्य वाचक
हो,जस्ले ब्यकगत फरक्मा जस्ले शिकाई र बुद्दिमा मानव बिच भिन्नता देखाउछ।
त्यसैगरी ईरिक तुर्खैमर,आर्थर जेन्सन जस्ता शिक्षा बिदले हावामा बोलेका होइनन उनिहरुले प्रमाणित गरेर बल्ल बोल्छन र नेपालका शिक्षा विदले भने नेताहरु जस्तै अध्ययन अनुसन्धान बिना अनुमानमा बोलेर शिक्षा झन खस्कदै गए जस्तो लाग्छ?
प्रमाणित नगरी बोल्दा सत्य तथ्यले
बसाइसराई गर्नुपर्ने हुन्छ? किनभने हामी सवैलाई थाहा छ,पश्चिमाको परीक्षा प्रणाली ठूलो कक्षामा पनि
निरन्तर र प्रोजेक्ट वर्क बेसमा सन्चालित छ र त्यस अनुसार उतिर्ण
प्रतिसत धेरै हुनेनै भयो त्यो पनि लागू गर्ने ढंग भएन?हिजो भर्खर नेपालमा पनि ग्रेडिङ्ग प्रणाली लागू भएकै हो फेरि गुणस्तरियता घट्यो भनेर केही फेरियो मैले बुझेन किनभने यहि प्रणाली बिदेशमा सफल यहाँ किन भएन? त्यहा पनि फेल नभनिएको हो र ई ग्रेडमा पास भन्नू फेल नै हो?
अव म सामुदायिक बिद्धालयलाई कसरी गुणस्तर खस्काइयो भन्नेवारेमा तर्कहरु पेश गर्न चाहन्छु।सवैभन्दा पहिले म २०६० भन्दा पहिलेका एस एल सि का प्रश्नपत्रको स्तरको बारेमा मेरो २०४३ को परीक्षा वरिपरिका परिक्षार्थिहरुले सम्झना गर्न अनुरोध गर्न चाहन्छु र मलाई लाग्छ अहिलेको
रा प बोर्ड प्रमुख पनि २०५७ भन्दा पहिलेको एस एल सि हुनुपर्छ र त्यतिवेलाको गणित पेपरमा किताब
को उदाहरणवाटमात्र 20 प्रतिशत प्रश्न आउथे र अङ्ग्रेजी मा प्रश्न उत्तर किताबको पाठ बाटमात्र सोधिन्थ्यो र परिक्षाथिको सिर्जनात्मक क्षमता राईटिङ्मा हेरे पुग्दैनर ?अहिलेत ४० नम्वरको रिडिङ मध्य कितावबाट ।
एक कविता एक अनुच्छेद र त्योभन्दा धेरै नम्वरको दुईवटा अनुच्छेद बाहिरबाट त्यो पनि शिक्षकलाई रनभुल्लपार्ने कक्षा१२ को भन्दा अप्ठ्यारो मेरो धेरै बर्षको अनुभव र अध्ययनले मनन गरेको कुरा हो त्यो मनन म जस्ता अङ्ग्रेजी शिक्षक ले गर्नु भएकोहोला नगरेको भए मनन गर्नुहोला? परिक्षार्थिको सृजनात्मक क्षमताजाच्न त कृयटिव राईटिङ्ग नै मनग्य छ?यतातिर पाठ्यक्रम र पाठ्यपुस्तक राश्ट्रको ढुकुटी रित्तायर पुस्तक बाडिन्छ अनि परिक्षामा पुस्तकबाट पूरा प्रश्न आउदैन किताब पढाईन्छ प्रश्न बाहिरवाट। अभ्यास पुस्तिका बिकाउने परिपन्च?गणितमा पनि बाडेको कितावबाट भन्दा प्राक्टिसबुकबाट र त्योपनी कुन प्रकाशनको ले धेरै प्रश्न पार्यो त्यस्को आधारमा अर्को वर्ष व्यापार बढोतरी कहि कतै यहापनी दाल्मे कालातो छैन सम्वन्धित निकाएको ध्यान जावस? नत्रभने त्यति ठूलो पाठ्यपुस्तकमा सोध्न मिल्ने स्तरका प्रश्न छैनन आधाभूत कुरो परिक्षार्थी
ले हलगर्नसक्नेलाई पास गराउदा के फरक पर्ने होर? पवलिक सेवामा जागिर खादा जटिल बिषयका जटिल प्रश्नको हल्ले केही सहयोग
गर्दैन पो!
अब म बेन्जामिन ब्लुमको प्रश्न निर्माण गर्ने प्रमाणित फ्रेमवर्क को बारेमा सवैलाई थाहा भएको कुरा हो?प्रश्न बनाउदा बुझाईको ३० प्रतिसत,प्रयोगको र ब्याख्याको सामान्य प्रशन ५० प्रतिसत र विश्लेषण,सृजना र मूल्याङ्कन २० प्रतिसत भन्ने आमधारणा भएपनी प्रश्न अध्ययन
गर्दा त्यो मैले पाएको छैन एस ई ई परीक्षामा?
मेरो बिश्लेषणमा त सामान्य प्रश्न ५० प्रतिशत होइन असामान्य प्रश्न ५० प्रतिसत पाएको छु र अरुले के अनुभव गर्नु भएको छ प्रतिकृया दिनुहोला र अर्को कुरा जेनेटिकल्ली
बुद्धिमान अभिभावकले पनि डलरको सपना देखेर बोर्डिङ भर्ना गर्नुभएको छ त्यस्लेपनी हाम्रो मान घटाएको छ?
मेरो साराङ्सको चुरो कुरो के भने नेपालमा राजामार्ने त ग्राण्ड डिजाईन त हुन्छ भने सामुदायिक बिद्यालयलाई उधोपार्ने डिजाइन
पनि नभएको होलाभन्न सकिन्न न्वारान देखिको बल हलगर्न गार्हो जटिल प्रश्न यिनै प्राईवेट स्कुलको जन्मपछी करिव
२०६५ पछि प्रश्नहरु टेढेमेढे हुन किनभने उहाहरु दिनमा १८ घण्टा पढाई गरीपोख्त पार्नुहुन्छ ।
हाम्रो ६ घाण्टाको अध्ययन ले के छोओस? एउटा सामान्य कुरा प्रतिसतमा भनौ ,एउटा ब्यापारिले
५०० को स्याउ किन्यो र २० प्रतिसत नाफा खान कतिमा बेच्नु पर्छ? भन्नू र उहीँ ब्यापारिले त्यो स्याउ २० प्रतिसत कुहिएकोले त्यही स्याउवाट
२० प्रतिसत नाफाखान कतिमा बेच्नु पर्छ भन्दा मानिसको दिमाग रन्थन्निहाल्छ ? ब्यवाहारिक जटिल गणितको त्यति उपयोगिता छैन ?अब बिधार्थिलाई पासको बाटो खोल्ने हो भने २०३७ सालभन्दा पहिलेको जस्तै ब्यवारिक गणित बनाई अगाडि बढ्नुपर्छ नत्रभने धेरै कक्षा ११ शून्य हुनेछ्।
गोविन्द के सी उहा यक शिक्षक हुन
August 9, 2025 10:24 am | शिक्षा
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

