नेपाल उत्तर काेरियासँग ११–० ले पराजित
5 months अगाडी
manoj Thapa
काठमाण्डाै – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो अन्तरको हार बेहोरेको छ ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित भयो । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थपेको हो ।
यो जीतसँगै उत्तर कोरिया समूह विजेता बन्दै आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट भएको छ । उत्तर कोरियाले ३ वटै खेल जितेर ९ अङ्क जोड्यो । उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० र दोस्रो खेलमा भूटानलाई १०–० गोलले हराएको थियो ।
यो हारसँगै नेपाल एशियन कपमा छनोट हुन असफल भएको छ । नेपालले ३ खेलबाट ४ अङ्क जोड्यो । प्रतियोगितामा नेपालले पहिलो खेलमा भूटानसँग १–१ गोलको बराबरी खेल्दा साउदी अरबलाई १–० गोलले हराएको थियो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...