वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण
काठमाण्डौ – पर्साको वीरगञ्जमा अहिले सम्म एक सय ३६ जनामा हैजा पुष्टि भएको छ । यसमध्ये ५६ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिनुभयो । गएराति थप एक सय १४ जना झाडापखालाका विरामी अस्पताल भर्ना भएका छन् ।
अहिलेसम्म झाडा पखालाका पाँच सय ३९ बिरामीहरु भर्ना भएकोमा एक सय ३६ जनामा हैजा देखिएको हो । दुई सय ८३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भईरहको छ । झाडा पखालाका दुई सय ५७ जना बिरामी उपचारपछि घर फर्किएको जनस्वास्थ्य अधिकृत सिंहले जानकारी दिनुभयो । महानगरमा हैजा नियन्त्रणका लागि तीनवटै तहका सरकार सक्रिय छन् । जनचेतनामुलक कार्यक्रमहरु पनि भईरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
सरकारले हैजा नियन्त्रणउन्मुख रहेको दाबी गरेको छ । पानीका स्रोतको शुद्धीकरण, जनचेतना र औषधीसहितको दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने सरकारले नीति लिएको छ । संघीय तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा सङ्घीय सरकार, प्रदेश तथा पालिका सरकार र विश्व स्वास्थ्य सङ्गठनको टोली खटिएर काम गरेकाले हैजा नियन्त्रणउन्मुख अवस्थामा आएको जनाएको छ । उज्यालो
August 28, 2025 3:44 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर