चीनका पूर्व कृषिमन्त्रीलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला
4 months अगाडी
manoj Thapa
चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला भएको छ । जिलिन प्रान्तमा रहेको चाङ्चुन जन अदालतले विज्ञप्ति निकालेर ताङलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला भएको जानकारी गराएको समाचारसंस्था एएफपीले जनाएको छ ।
अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म झण्डै दुई अर्ब ६८ करोड युआन बराबरको नगद र सम्पत्ति घुसस्वरूप लिएको प्रमाणित भएको छ । यस्तै ताङले आफ्नो अपराध स्वीकार गरी पश्चात्ताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरेको पनि अदालतले जनाएको छ । यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो ।
अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन् । उज्यालो
September 29, 2025 12:55 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
Loading...