Saturday 18th October 2025

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

8 hours अगाडी

काठमाण्डाै – शहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाउने बताउनुभएको छ । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उहाँले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री घिसिङले विद्युतीय गाडी, चार्जिङ स्टेशनजस्ता ‘ई–मोबिलिटी’ का क्षेत्रमा लगानी गर्न सुझाव पनि दिनुभयो । अहिले हरित जलवायु कोषबाट मान्यता प्राप्त हुने क्रममा रहेको र मान्यता प्राप्त भएपछि कोषलाई हरित ऊर्जासम्बन्धी परियोजनामा लगानीका लागि ठूलो आर्थिक अनुदान सहयोग उपलब्ध हुने मन्त्री घिसिङको विश्वास छ ।

कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले कोषको वित्तीय स्रोतका रूपमा सात अर्ब स्वःपूँजी रहेको, एशियाली विकास बैंकमार्फत पाँच अर्ब १९ करोड, विश्व बैंकबाट १२ करोड र नेपाल सरकारबाट दुई अर्ब रुपैयाँ ऋणका रूपमा प्राप्त भएको जानकारी दिनुभयो । कोषले १६ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको छ ।

कोषले शहरी पूर्वाधार आयोजनामा वित्तीय र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कोषबाट नगर क्षेत्रमा बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माणलगायत क्षेत्रमा लगानी भइरहेको छ । उज्यालो

          October 18, 2025 6:01 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...