बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
बेलायतमा रेलभित्र छुरा प्रहार हुँदा १० जना यात्रु घाइते भएका छन् । गएराति पूर्वी बेलायतको क्याम्ब्रिजशरको हन्टिङ्डन स्टेशनमा यात्रुमाथि छुरा प्रहार हुँदा ९ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ ।
बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले यो घटनालाई भयानक भन्नुभएको छ । यो घटनापछि त्यस क्षेत्रका सबै रेल सेवाहरू रोकिएका खबरमा उल्लेख छ ।
यसैबीच छुरा प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको दुवै जना पुरुष बेलायती नागरिक हुन् ।
सरकारी तथ्याङ्क अनुसार बेलायतमा सन् २०११ देखि छुरा प्रहारका अपराध ‘निरन्तर’ बढिरहेको पाइन्छ । गएको वर्ष व्यापक सरकारी कारबाहीका क्रममा ६० हजार चक्कु आफूलाई प्राप्त भएको वा जफत गरिएको प्रहरीले बताएको छ ।
बेलायतमा सार्वजनिक रूपमा चक्कु बोक्दा चार वर्षसम्मको जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ । उज्यालो
November 2, 2025 7:52 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा मिति ५ जुन २०२६ मा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ्।
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !