विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
काठमाण्डाै – विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने देखिएको छ । निर्वाचन आयोगले सरकारलाई राय पठाउँदै चार वटा कानूनमा संशोधन गर्नुपर्ने देखिएको जानकारी गराएको हो ।
कानूनी व्यवस्थाका लागि गृह मन्त्रालयले राय मागेपछि आयोगले हिजो पठाएको हो । विद्यमान कानूनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको विषयलाई सम्बोधन नगर्ने भएकाले त्यसका लागि कुन–कुन कानूनमा के–के संशोधन गर्न आवश्यक छ, त्यसबारे अध्ययन र छलफलपछि सुझाव पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
आयोगका अनुसार निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन (कसुर तथा सजाय) ऐनमा संशोधन गरिनुपर्ने जानकारी मन्त्रालयलाई दिइएको छ ।
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन सरकारले अध्यादेशमार्फत कानून संशोधनको तयारी गरिरहेको छ । अहिले विदेशमा रहेका मतदातालाई समानुपातिक निर्वाचन प्रणालीतर्फ कसरी सहभागी गराउने भन्नेबारेमा छलफल भइरहेको हो ।
फागुन २१ गतेका लागि तोकिएको चुनाव आउन १ सय १९ दिन मात्रै बाँकी भए पनि सरकारले विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिने वा नदिने भन्ने निर्णय गर्न सकेको छैन । उज्यालो
November 6, 2025 4:54 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री