कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
कुवेत/राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ कुवेत- कुवेतमा बस्ने नेपालीहरूका लागि अर्को उत्साहजनक खबर आएको छ। नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical Fest २०२६’ को मिति र स्थान तय गरेको छ।

कार्यक्रम आउँदो ९ जनवरी २०२६ (शुक्रबार) का दिन कुवेतको Aspire Indian School, जिलिबस्थित सभाहलमा हुनेछ। दिउँसो ठीक २ बजेबाट सुरु हुने यो सांगीतिक कार्यक्रम कुवेतका नेपाली समुदायका लागि एक विशेष भेटघाट र रमाइलोको अवसर बन्ने अपेक्षा गरिएको छ।यस वर्षको मुख्य आकर्षण सबैको मनमा सकेका लोकप्रिय गायक र संगीतकार राजु लामा हुन। निरेम प्रोडक्सनले राजु लामालाई मुख्य अतिथि कलाकारका रूपमा आमन्त्रण गरेको छ। उनको आवाज र प्रस्तुतिले कार्यक्रमको माहोललाई झनै जीवित बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। राजु लामासँगै निरेम समूहको आफ्नै NepTone Band ले पनि लाइभ प्रस्तुति दिने तयारीमा छ। तिनको जोशिलो प्रस्तुति र स्टेज शोले दर्शकलाई अझै तान्नेछ। कार्यक्रम संयोजक सुरेन्द्र लिम्बूका अनुसार, “हाम्रो उद्देश्य केवल मनोरञ्जन होइन, संगीतको माध्यमबाट नेपालीहरूलाई एकआपसमा जोड्ने र समाजका लागि केही योगदान गर्ने हो।”निरेम प्रोडक्सनले यो फेस्टलाई केवल रमाइलो कार्यक्रममा सीमित नराखी, नेपालीहरूको भावना, संस्कृति र एकताको उत्सवका रूपमा अघि बढाउने तयारी गरेको छ।थप जानकारी र टिकटका लागि www.niremupdate.com मार्फत सम्पर्क गर्न सकिनेछ।
November 8, 2025 2:19 am | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण