कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेत – माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति
फाल्गुनन्द लिङ्देनको १४१ औँ जन्म जयन्ती साथै समाजको तेश्रो वार्षिकोत्सव सम्पन्न भएको छ ।

कुवेतको मङ्गाफस्थित मेमोरिस हलको सभाहलमा ०७ नोभेम्बर २०२५ शुक्रवारको दिन समाजका अध्यक्ष अमित राईको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष बल बहादुर काम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष दिल कुमार पाख्रीन, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष चन्द्र गोतामे लगायतको विशेष आतिथ्यता रहेको थियो भने कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।

“किराँत धर्म भाषा लिपि साहित्य र संस्कृतिको सम्बर्द्धन हाम्रो साझा अभियान” भन्ने नारा सहित कुवेतको नेपाली समाजमा विगत ३ वर्ष पहिले स्थापना भएको समाजले आफ्नो तेश्रो वार्षिकोत्सव साथै महागुरु फाल्गुनन्दको जन्म जयन्ती कात्तिक २५ गते आईतबार भएता पनि प्रवासी कार्यव्यस्तताले गर्दा शुक्रवार नै मनाइएको हो । समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई बि. स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
समाजका सचिव अनिश लावतीको संचालन रहेको कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य सहित राष्ट्रिय विभूति तथा महागुरु फाल्गुनन्दको समाज सुधारको कदमलाई प्रशंसा गरेका थिए । फाल्गुनन्दले किरात भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउनुको साथै समाज सुधारका निमित्त नीति निर्माणका लागि बनाएको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ २४ वैशाख १९८८ मा पारित भएको थियो । त्यस्तै उनले विश्वयुद्धमा भारतीय सिपाही बनेर युद्ध लडेका पनि थिए । युद्धबाट फर्किएरपछि ध्यान, कर्म तथा धार्मिक, सांस्कृतिक सुधारमा लागेका पाईन्छ ।
November 8, 2025 3:03 am | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण