Saturday 13th December 2025

इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो

6 hours अगाडी

इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ ।

बाढी र पहिरोमा परि अझै २ सय १८ जना बेपत्ता रहेका इन्डोनेशियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) लाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

एजेन्सीका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ भने उद्धार कार्य अझै चलिरहेको छ । बीएनपीबीको तथ्याङ्क अनुसार झन्डै १ हजार २०० सार्वजनिक सुविधाका साथै २१९ स्वास्थ्य सुविधा, ५८१ शैक्षिक सुविधा, ४३४ मन्दिर, २९० कार्यालय भवन र १४५ पुल क्षतिग्रस्त भएका छन् ।

यसैबीच इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायको विभिन्न आधारभूत आवश्यकता पूरा गर्न काम गरिरहेको बताउनुभएको छ ।

उहाँले सबै नागरिकलाई स्थिर रहन र सामान्यीकरणको प्रक्रियामा आफ्नो उत्साह कायम राख्न आह्वान गर्दै बालबालिकाका लागि पढाइ र सिकाइ लगायत सामुदायिक गतिविधिहरू चाँडै सामान्य अवस्थामा फर्कन सक्ने आशा व्यक्त गर्नुभएको छ । उज्यालो

          December 13, 2025 7:48 pm | विश्व


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...