नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
कुवेत – नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन एवम् माघे सकराती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कुवेतको खैतानस्थित राजधानी प्यालेस होटेलमा हिजो सम्पन्न अधिवेशनबाट जय आले मगरको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका छन ।

संघका निर्वतमान कार्यवाहक अध्यक्ष जय आलेको सभापतित्व र नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता एवं दूतावास परिवार, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाल आदिवासी जनजाती महासंघ कुवेत, नेपाली राजनीति दलका वैदेशिक भातृ संगठनका पदाधिकारी एवं प्रतिनिधि, नेपाली संघ संस्थाका पदाधिकारी प्रतिनिधि एवं समाजसेवी, वुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी, खेलाडी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
“इतिहास, भाषा, संस्कृति संरक्षण – सम्वर्धन मगरहरूको मूल मन्त्र, जातीय पहिचान र स्वायत्त शासन संहिताको तेस्रो लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि लम्सालले माघे सकरातीको शुभकामना दिदै कुवेतमा कार्यरत नेपाली श्रमिकको हक हितका लागि दूतावास सदैव तत्पर रहेको बताए । साथै यहाँको कानुनको परिधिभित्र रही के गर्न हुन्छ र के गर्न हुदैन भन्ने कुरामा समेत ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा मगर समुदायको मौलिकता र परम्परा झल्काउने सास्कृतिक प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन दिलाएको थियो । कार्यक्रमको संचालन कल्पना मन्दिर मगर, कृष्ण पुन र श्रवण गाहा मगरले गरेका थिए भने श्रवण गाहा मगरले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

त्यसैगरी नेपाल मगर संघ शाखा कुवेत पाँचौं ऐतिहासिक अधिवेशनबाट बर्ष २०२६ ~ २०२९ को लागि निर्वाचित कार्यकारीणि समितीको घोषणा निर्वाचन प्रमुख मनु भुजेलले गरेका थिए । जसमा अध्यक्षमा जय आले मगर, वरिष्ठ उपाध्यक्ष राजेन्द्र आले मगर, वरिष्ठ उपाध्यक्ष केदार आले मगर, प्रथम उपाध्यक्ष जंग घर्ती मगर, दित्तिय उपाध्यक्ष तोयानाथ पुन मगर, तृतीय उपाध्यक्ष सानुलाल राना मगर, महिला आरक्षण उपाध्यक्ष देवी थापा मगर, महासचिव कृष्ण पुन मगर, सचिब कल्पना मन्दिर मगर, सचिब यमन पुन मगर, सचिब सन्ध्या राना मगर कोषाध्यक्ष दिल बहादुर डेंगा मगर, सह-कोषाध्यक्ष बिमल बुढा मगर, सह-कोषाध्यक्ष गिता थापा मगर, युवा संयोजक बिजय सारु मगर , युवा उपसंयोजक : बिमल पुन मगर, युवा महिला संयोजक आशा कुमारी मगर, युवा महिला उपसंयोजक नम्रता थापा मगर, साँस्कृतिक बिभाग प्रमुख रेशम आले मगर, साँस्कृतिक बिभाग , उपप्रमुख विशाल रिलामी मगर , नृत्य निर्देशक हेमराज पुन मगर, व्यवस्थापन बिभाग प्रमुख राजकुमार थापा मगर, व्यवस्थापन बिभाग उपप्रमुख नेत्र राना मगर, व्यवस्थापन बिभाग उपप्रमुख प्रेम श्रीष मगर , सुरक्षा, बिभाग प्रमुख राजु पुन मगर, सुरक्षा बिभाग उपप्रमुख भरतमणी घर्ती मगर, मिडिया बिभाग प्रमुख बिकास रोका मगर, मिडिया बिभाग उपप्रमुख सन्जै बुढा मगर
, ग्राफिक्स डिजाईनर / भिडियो एडिटर ईद्र मस्राङ्गी थापा मगर, संगठन बिस्तार प्रमुख उत्तम आले मगर, संगठन बिस्तार उपप्रमुख कल्पना लायो मगर, महिला, बिभाग प्रमुख रिया राना मगर , महिला बिभाग उपप्रमुख पुर्णिामा सारु मगर, खेलकुद बिभाग प्रमुख जिबन घर्ती मगर, खेलकुद बिभाग उपप्रमुख/कोच प्रमोद थापा मगर रहेका छन ।
त्यस्तै संरक्षक तथा सल्लाहाकार समितिमा संरक्षक मित्र बहादुर सिंजाली मगर, संरक्षक मन बहादुर भुजेल मगर, वरिष्ठ सल्लाहाकार दिल बहादुर पुन मगर, सल्लाहाकार किरण आले मगर, सल्लाहाकार जगत घागा मगर, सल्लाहाकार के. बि. भुजेल मगर, सल्लाहकार श्रवण गाहा मगर, सल्लाहकार जिमी काउचा मगर, सल्लाहकार मन बहादुर फगामी मगर, सल्लाहाकार गोपालकाजी राना मगर, सल्लाहकार यज्ञ बहादुर राना मगर छन ।
कार्यकारी सदस्यहरु ईन्द्र बहादुर थापा मगर दान बहादुर सारु मगर, धिरेन राना मगर, सुर्य राना मगर, दिप बहादुर थापा मगर, झरना गाहा मगर, मधु थापा मगर, सन्तोष आले मगर, अर्जुन दर्लामी मगर, बन्दना आले मगर, संगिता सिंजाली मगर, टिकाराम घर्ती मगर, बिक्रम थापा मगर, पुर्णिामा पिठाकोटे मगर, पार्वती पुन मगर, रिना जर्घा मगर, ऐश्वर्या राना मगर , दिपा थापा मगर , कुमारी आले मगर, ज्योती सिंजाली मगर , सन्ध्या सिंजाली मगर, चुम्बक आले मगर, कुल लंकापती मगर
धनलाल थापा मगर, टिकाराम राना मगर, सिर्जना सिंजाली मगर, मंगल आले मगर, जगत राना मगर, रोहन सारु मगर, रुपक राना मगर, खड्ग खपाङ्गी मगर, हरिबाबु राना मगर, कमल पुन मगर ,अशोक सिंजाली मगर, याम थापा मगर , बिनोद पुन मगर, छविमाया थापा मगर, सुष्मा थापा मगर, रन सलामी मगर ,मिलन राना मगर, युनिसरा घर्ती मगर, टुकमान घर्ती मगर, रिता आले मगर, राहुल थापा मगर, सरस्वती घर्ती मगर, बिर्सना रैका मगर, अम्बिका घर्ती मगर, सानु सुराली मगर, कुष्मा श्रीष मगर, ध्वका घर्ती मगर, द्वारिकला घर्ती मगर, तिलक घर्ती मगर, बिनम गाहा मगर, बिरु पुर्वछाने मगर, टेक पुर्वछाने मगर, लाकमान आले मगर
सम्झना पुन मगर, नन्दिता पुन मगर, फुलमाया थापा मगर, जानकी थापा मगर, निशा बुढा मगर, कविराम राना मगर, लक्ष्मी थापा मगर, मदन सारु मगर, धन बहादुर राना मगर, यम बहादुर थापा मगर, साजन मगर र
नबिन थापा मगर छन ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन