सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
कुवेत – सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भयको छ।
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बसन्त राना, उपाध्यक्षहरु गणेश चन्द र चेत राज गिरी, महिला उपाध्यक्ष अस्मिता कुवर, कोषाध्यक्ष देवराज भट्ट, सह-कोषाध्यक्ष मदन ठगुन्ना, महासचिव रतनराज गिरी, सचिव नरेश भण्डारी र सहसचिव पदमा मान बाहादुर साऊद सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै समाजले कला संस्कृति संयोजक, उपसंयोजक, महिला संयोजक, युवा संयोजक, प्रचारप्रसार संयोजक र जेष्ठ सदस्य समिति पनि चयन गरेको छ ।

त्यसैगरी समाजको संरक्षकमा बिकाश सिंह ठकुरी, निरूमाया खड्का र गगन सिंह बिष्ट साथै बरिष्ठ सल्लाहकारमा पुष्कर धामी, सल्लाहकारहरुमा महेश चन्द्र जोशी, हरि सिंह धामी, राज सिंह भण्डारी, जग खत्री र बद्री न्यौपाने चयन भएका छन ।
खैतानस्थित राजधानी होटलमा २३ जनवरी २०२६ शुक्रवार समाजका निवर्तमान अध्यक्ष गगन सिंह विष्टको सभापतित्व र नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाल आदिवासी जनजाती महासंघ कुवेत, नेपाली राजनीति दलका वैदेशिक भातृ संगठन, नेपाली संघ संस्थाका पदाधिकारी प्रतिनिधि एवं समाजसेवी, वुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी, खेलाडी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामनाका साथ सम्वोधन गर्दै प्रमुख अतिथि लम्सालले समाजले गत वर्ष आयोजना गरेको श्रमिक सचेतना कार्यक्रमको प्रशंसा गरेका थिए । कुवेतमा रहेका नेपाली संघ सस्थाले पनि विभिन्न किसिमका श्रमिक सम्बन्धि सचेतनाका कार्यक्रम आयोजना गरि सबैलाई सचेत बनाउन आवश्यक रहेको बताए । हाल एक लाख ६० हजार भन्दा बढी नेपाली श्रमिकले आफ्नो र परिवारको भविष्य उज्ज्वल बनाउन कुवेत आएका छन । कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न हुँदा व्यक्तिगत रूपमा मात्र नभई समग्र नेपाली समुदाय र राष्ट्रकै प्रतिष्ठामा आँच पुऱ्याउन सक्छ । त्यसैले कुवेतको स्थानीय कानुन, नियम र परम्पराको पूर्ण सम्मान र पालना गर्न सबैलाई आग्रह गरेका थिए ।
सुदूरपश्चिमका मौलिकता र परम्परा झल्काउने देउडा र छलिया नाचले उपस्थित सबैलाई मनोरञ्जन दिलाएको थियो । निर्वाचन प्रमुख निरुमाया खडकाले नयाँ कार्यसमिति घोषणा गरेकी थिइन ।
January 24, 2026 7:19 pm | Uncategorized,लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह