तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंक मा सम्पन्न हुने भएको छ ।
मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिइने रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भई अमूल्य रक्तदान गर्न तमू समाज, कुवेतले कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली समुदाय तथा शुभेच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरेको छ ।
रक्तदानले दुर्घटना, शल्यक्रिया तथा गम्भीर रोगबाट पीडित बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्दछ । निस्वार्थ र स्वेच्छिक रूपमा गरिने यो कार्यलाई सबै भन्दा महान् मानवीय सेवा मानिन्छ । एउटा व्यक्तिले दिएको रगतले धेरै व्यक्तिको जीवन जोगाउन सक्ने भएकाले रक्तदानको महत्व अत्यन्तै उच्च रहेको छ ।
यसैबीच, २७ मार्च २०२६, शुक्रबार का दिन रक्तदान जस्तो पवित्र तथा मानवीय कार्यक्रम आयोजना भइरहेकाले कुवेतमा स्थापित तथा क्रियाशील विभिन्न संघ–संस्थाहरूलाई आफ्ना कार्यक्रमहरू नजुधाई सहयोग गरिदिन पनि आयोजकले आग्रह गरेको छ ।
सदा झैँ यस १०औँ बृहत् रक्तदान अभियान लाई सफल बनाउन सबैको सक्रिय सहभागिता, सहयोगको अपेक्षा आयोजक तमू समाज, कुवेतले गरेको छ ।
January 26, 2026 1:56 pm | समाज,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन