चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
2 months अगाडी
manoj Thapa
काठमाण्डाै – चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । ब्रेन ह्यामरेज भएपछि उहाँकाे काठमाण्डाैकाे ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा डाक्टरले आज दिउँसो पौने १ बजे ४५ वर्षीय सिटौलालाई मृत घोषणा गरेका हुन् । ग्रान्डी अस्पतालले विज्ञप्ति निकालेर उहाँको निधन भएको जानकारी गराएको छ ।
सिटौलाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ । उहाँ चलचित्र पत्रकार सङ्घको पूर्वअध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा सिटौला अछाम पुगेका बेला अचानक बेहोस भएर ढलेपछि अस्ति शुक्रवार हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो ।उज्यालो
February 1, 2026 3:14 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
Loading...