Saturday 7th February 2026

गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन

13 hours अगाडी

कुवेत – गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन मदन पनेरुको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।

खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आज सम्पन्न प्रथम अधिवेशनबाट कार्यसमितिको अध्यक्ष पदमा मदन पनेरु, वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्ष कृष्ण बानियाँ, महिला उपाध्यक्ष कुमारी गुरुङ, महासचिव बालकृष्ण भट्ट (विराज), सचिव अशोक श्रेष्ठ, सहसचिव गोमा भट्ट, कोषाध्यक्ष काजीराम नहर्की र सह-कोषाध्यक्षमा शुशिला तामाङ सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै समाजको युवा संयोजकमा विकास गुरुङ र सह – युवा संयोजकमा हित काजी जिसी रहेका छन ।

कार्यक्रममा मदन पनेरुको सभापतित्व तथा नेपाली दूतावास कुवेतका द्वितीय सचिब एवं सूचना अधिकारी शिव बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाल आदिवासी जनजाती महासंघ कुवेत, नेपाली राजनीति दलका वैदेशिक भातृ संगठन, नेपाली संघ संस्थाका पदाधिकारी प्रतिनिधि एवं समाजसेवी, वुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी, खेलाडी लगायतको आतिथ्यता रहेको थियो ।

रोशन राईको संचालन रहेको कार्यक्रममा कृष्ण बानियाँले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा पन्चेबाजा र स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुतिले थप रोचक बनाएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायत वक्ताहरुले शुभकामना मन्तव्य सहित कुवेतको स्थानीय कानुन, नियम र परम्पराको पूर्ण सम्मान र पालना गर्न साथै कुवेतको नेपाली समाजमा ९० भन्दा बढी संघ संस्थाहरु स्थापना भएता पनि केही संस्थाहरु मात्र  सकृय रहेको हुदा आगामी दिनमा यो सस्थालाई पनि निरन्तर सकृय रहन आग्रह गरेका थिए ।

नव निर्वाचित अध्यक्ष पनेरुले रोजगारीको सिलसिलामा कुवेतमा रहेका गोरखालीहरुलाई एकताबद्ध गर्ने, कुवेतमा रहेका संघ सस्थाहरु संग हातेमालो गर्दै अगाडी बढ्ने साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गोरखाली पहिचानलाई प्रवर्द्धन गर्दै सामाजिक सेवा तथा मानवीय कार्यमा योगदान पुर्याउने प्रतिबद्धता गरेका छन ।

कुवेतको नेपाली समाजमा “गोरखा हाम्रो सान, नेपालीको पहिलो पहिचान” भन्ने मुल नारा सहित  हालसालै स्थापना भएको सबभन्दा कान्छो सस्था गोरखा समाज कुवेत सामाजिक सेवा तथा मानवीय कार्यमा सक्रिय रहने अपेक्षा गरिएको छ ।

          February 7, 2026 3:20 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...