Tuesday 10th February 2026

फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने

1 hour अगाडी

फिलिपिन्सको सर्वोच्च अदालतले समलिङ्गी जोडीहरूलाई सम्पत्तिको सह–मालिक मान्न सकिने ऐतिहासिक फैसला गरेको छ । पहिलो पटक देशको पारिवारिक संहिताको प्रावधान लागू गर्दै अदालतले यदि दुवै पक्षले सम्पत्ति प्राप्त गर्न योगदान गरेको प्रमाणित भएमा समलिङ्गी जोडीहरूलाई सह–मालिकका रूपमा मान्यता दिन सकिने बताएको बीबीसीले जनाएको छ ।

रूढिवादी क्याथोलिक फिलिपिन्समा समलिङ्गी सम्बन्धहरू गैरकानूनी छन् र फिलिपिन्सले सम्बन्धविच्छेदलाई अनुमति दिँदैन । भ्याटिकन सिटीले पनि सम्बन्धविच्छेदलाई अनुमति दिँदैन । यसले ‘एलजीबीटी’ अर्थात् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीहरूलाई सम्पत्ति, वित्त र स्वास्थ्य सेवाको सन्दर्भमा कानूनी सुरक्षाबाट वञ्चित बनाएको छ ।

एक पूर्वजोडी – दुई महिलाले उपनगरीय मनिलामा आफ्नो घर र जग्गा बेच्ने योजनालाई लिएर झगडा गरेको मुद्दामा आज सर्वाेच्च अदालतले फैसला गरेको खबरमा उल्लेख छ ।

सर्वोच्चकी प्रवक्ता क्यामिल टिङ्गले समलिङ्गी जोडीको सम्पत्ति अधिकारसम्बन्धी मुद्दामा निर्णय गर्न पहिलो पटक पारिवारिक संहिताको धारा १४८ प्रयोग गरिएको बताउनुभएको छ ।

अदालतले आफ्नो फैसलामा सरकार र सांसदहरूलाई समलिङ्गी जोडीहरूको आवश्यकतालाई सम्बोधन गर्न पनि आह्वान गरेको छ । उज्यालो

          February 10, 2026 4:42 pm | विश्व


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...