Tuesday 10th March 2026

१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?

2 hours अगाडी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक भएकाे छ ।

मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै १२५ सिट जितेकाे छ । यस्तै नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८, श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन् । यस्तै १ स्वतन्त्र उमेदवार पनि चुनावमा विजयी भएका छन् ।

पछिल्लाे पटक सङ्खुवासभाको मतपरिणाम सार्वजनिक हुँदा एमालेका अर्जुनकुमार कार्की विजयी हुनुभएकाे छ । यस्तै धनुषा क्षेत्र नम्बर १ मा आयाेगले नेकपाका मातृकाप्रसाद यादवलाई आयाेगले निर्वाचित भएकाे प्रमाणपत्र दिएकाे छ ।

प्रतिनिधिसभा सदस्य चुनावका लागि गएकाे बिहीवार मतदान भएकाे थियाे । यस्तै अहिले समानुपातिकतर्फकाे मतगणना भइरहेकाे छ । उज्यालो

 

          March 10, 2026 5:55 am | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...