Monday 16th March 2026

नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय

2 hours अगाडी

काठमाण्डौ – अर्थ मन्त्रालयले गराएको एक अध्ययनले भदौ २२ र २३ गते भएको नवयुवा आन्दोलनको प्रमुख कारणमा धनी र गरिबबीचको आम्दानीको ठूलो खाडल र बढ्दो बेरोजगारी रहेको देखाएको छ ।

अध्ययनअनुसार न्यून आय भएका र पिछडिएका समुदाय पनि आन्दोलनको लहरमा होमिएका थिए । डिपार्टमेन्टल स्टोर, होटल तथा औद्योगिक प्रतिष्ठानमा भएको लुटपाट र तोडफोडमा यस्तै वर्गको संलग्नता भेटिएको छ ।

प्रतिवेदनले न्यून ज्याला र आर्थिक अस्थिरतालाई अर्को गम्भीर समस्याका रूपमा औंल्याएको छ । जीवनभरको कमाइले घर बनाउन र सामान्य गाडी किन्न पनि नसकिने अवस्था र विदेशिएका साथीभाइको उच्च जीवनस्तरसँगको तुलनाले यो पुस्तालाई विद्रोहतर्फ धकेलेको अध्ययनले जनाएको छ ।

बोझिलो प्रशासनतन्त्र र भ्रष्टाचार पनि आन्दोलनका कारण भएको प्रतिवेदनमा उल्लेख छ । मालपोत, कर, लाइसेन्स लगायतका कार्यालयहरूमा भएको आगजनी र तोडफोडलाई यसैको प्रतिफलका रूपमा लिन सकिने प्रतिवेदनले बताएको छ ।

साथै, राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वास, नातावाद, र योग्यताअनुसार रोजगारी नपाउनु जस्ता सामाजिक कारण पनि आन्दोलन भड्किनुका कारण भएको अध्ययनले देखाएको छ ।

अध्ययन कार्यदलले रोजगारमूलक विकास, एकद्वार सेवा प्रणाली, पूर्ण डिजिटलीकरण र आर्थिक नीतिहरू कम्तीमा पाँच वर्षका लागि स्थिर राख्न सरकारलाई सुझाव दिएको छ । उज्यालो

          March 16, 2026 3:36 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...