कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन सहयोगलाई प्रभावकारी बनाउन १५ सदस्यीय ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरेको छ। कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालको समुपस्थितिमा बसेको बैठकले वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गर्दै राजदूतावासकी काउन्सिलर तथा नियोग उपप्रमुख सुजनी रानाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।
१ .सुजनी राना -काउन्सिलर ,नियोग उपप्रमुख -संयोजक
२ .चण्डिका पोखरेल -प्रथम सचिव, राजदूतावास -सदस्य
३ .शिव बानिया -द्वितीय सचिव, राजदूतावास -सदस्य-सचिव
४ .जनार्दन गौतम -श्रम सहचारी, राजदूतावास -सदस्य
५. नवीन पराजुली -तृतीय सचिव, राजदूतावास -सदस्य
६.सुजन के.सी. -केन्द्रीय सचिव, NRNA -सदस्य
७. होम नाथ गिरी -सदस्य, NRNA ICC -सदस्य
८.विकास सिंह ठकुरी -अध्यक्ष, NRNA कुवेत -सदस्य
९.मान ब. तामाङ -अध्यक्ष, NRNA कुवेत -सदस्य
१०.राज मल्ल -अध्यक्ष, पत्रकार महासंघ कुवेत -सदस्य
११.ईश्वर भण्डारी -सभापति, रास्वपा (RSP) कुवेत -सदस्य
१२.रूपेन्द्र विक्रम हमाल -अध्यक्ष, प्रवासी नेपाली मञ्च कुवेत -सदस्य
१३.रोशन राई -महामन्त्री, जनसम्पर्क समिति (कांग्रेस) कुवेत -सदस्य
१४..इन्दिरा राई -अध्यक्ष, श्रम संस्कृति महाशाखा कुवेत -सदस्य
१५.इन्द्रदेव शर्मा -सदस्य, प्रवासी नेपाली एकता मञ्च कुवेत -सदस्य
टास्कफोर्सका मुख्य कार्यहरू र निर्णयहरू:
बैठकले नेपाली समुदायको हितका लागि तीनवटा मुख्य बुँदाहरूमा कार्य गर्ने निर्णय गरेको छ:
* तत्काल राहत र उद्धार: समस्यामा परेका नेपाली नागरिकहरूलाई खाद्यान्न, लत्ताकपडा, औषधोपचार, मनोसामाजिक परामर्श, र सेल्टर (Shelter) को व्यवस्थापन गर्ने। साथै, आवश्यक पर्नेलाई यातायात खर्चको जोहो गर्ने।
* प्रशासनिक सहयोग: नेपालमा बिदामा गएका नेपाली नागरिकहरूलाई पुनः श्रम स्वीकृति लिनका लागि सम्बन्धित निकायमा सिफारिस र पत्राचार गर्ने।
* सचेतना अभियान: विषम परिस्थितिमा सामाजिक सञ्जालको प्रयोगमा संयमता अपनाउन र स्थानीय कुवेतको कानुन तथा नियमको अनिवार्य पालना गर्न नेपाली समुदायमा सचेतना फैलाउने।
यससँगै, सबै नेपालीलाई सुरक्षित रहन, सामाजिक सञ्जालको दुरुपयोग नगर्न, विशेषगरी युद्ध वा संवेदनशील सामग्री (फोटो/भिडियो) सार्वजनिक नगर्न र कुवेतको कानुनको पूर्ण पालना गर्न आग्रह गरिएको छ। संकटको अवस्थामा नेपालीहरूसँग प्रत्यक्ष सम्पर्क राख्दै राजदूतावाससँग समन्वय गरी छिटो र प्रभावकारी सहयोग पुर्याउने लक्ष्यसहित कार्यदल सक्रिय रहने विश्वास व्यक्त गरिएको छ।
March 19, 2026 12:43 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता