खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
सेदीस्थित वाटरफ्रन्ट रिसोर्टदेखि खपौदीसम्म पोल गाडिएको सीमाभित्रका, तालसाग जोडिएका र सम्भावित ६५ मिटरभित्र ३२ अवैध संरचना भत्काइए।
पोखरा — शुक्रबार रातिको रमझमले मस्त भएको पोखरा शनिबार एकाबिहानै डोजरको ‘खड्खड् खड्खड्…’ आवाजले झल्यास्स ब्युँझियो । पर्यटकले सेदीमा रहेको वाटरफ्रन्ट रिसोर्टको झ्यालको पर्दा उघारेर बाहिर हेर्दा स्विमिङ पुलको नीलो पानी डोजरले खोतलेर पहेँलो भइसकेको थियो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न महानगरपालिकाको डोजर पोखरा नजाग्दै फेवा किनारमा पुगेको थियो । संरचना भत्काउने क्रममा जिल्ला प्रहरी, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरीबाट झन्डै डेढ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र गृह मन्त्रालयबाट जनशक्ति परिचालनमा पोखरा महानगरपालिकाले शनिबार फेवाताल सीमाभित्र बनेका ३२ अवैध संरचना भत्काएको छ ।
सर्वोच्च अदालतले ४ असार २०८० मा फैसला गर्दै तालको पानीको उच्चतम सतहका आधारमा सीमांकन गरी सीमाबाट ६५ मिटरका भित्र रहेका संरचनासमेत भत्काउन परमादेश जारी गरेको थियो । ६५ मिटरभित्रका दूषित जग्गाको दर्ता खारेज गर्न र ०३२ सालअघि दर्ता भएका जग्गाको मुआब्जा दिएर तालको नाममा ल्याई हरियाली कायम गर्न सर्वोच्चको परमादेश थियो । वाटरफ्रन्ट रिसोर्टले अतिक्रमण गरेको संरचना भत्काउने फैसला पनि ४ असार ०८० मै सर्वोच्चले गरेको थियो । कान्तिपुर
April 5, 2026 2:40 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने