Saturday 4th April 2026

लोक सेवा आयोगको गरिमा बचाइ राख्न राष्ट्रपतिको जोड

8 years अगाडी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगले दक्ष र योग्य मानव संसाधन चयनमा हासिल गरेको महत्व, गरिमा र प्रतिष्ठालाई बचाई राख्नुपर्नेमा जोड दिएकी छन्।
लोक सेवा आयोगको ६८ औं बार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले आयोगको प्रतिष्ठामा कँही कतैबाट आँच आउने काम हुन नदिने तर्फ गम्भीर बन्न आयोग पदाधिकारीलाई सचेत गराइन्।

उनले देशको स्थायी सरकारको रुपमा चिनिने मुलुकको प्रशासन र अन्य क्षेत्रमा प्रतिभाशाली, दक्ष र योग्य मानव संसाधन प्रवेश गराउने जिम्मेवारी बोकेको लोकसेवा आयोगको कार्यमा निश्पक्षता, पारदर्शीता र गुणस्तरियता सधैँ कायम रहनुपर्नेमा जोड दिइन्। उनले राष्ट्रसेवामा कुशलतापूर्वक लाग्ने जनशक्तिलाई त्यस दिशामा समाहित गराउने जिम्मेवारी सम्हालेको लोक सेवा आयोगको महत्व, गरिमा र प्रतिष्ठामा आँच आउने कुरा कतैबाट हुनु हुँदैन भन्ने तथ्यलाई गम्भीरताका साथ मनन गर्नुपर्ने आवश्यकता औल्याइन्। राष्ट्रपति भण्डारीले युनीय चुनौतीलाई सामना गर्न सक्ने गरी आफूलाई सुधार एवं विकास गर्दे अघि बढ्न आयोगलाई सुझाव दिइन्।

          June 15, 2018 2:35 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...