‘मलाई देखेर मेरै श्रीमानसँग अनु मलिकले भनेका थिए – क्या माल छ
यौन उत्पीडनलाई लिएर भारतमा दिग्गज हस्तीहरु आरोपले घेरिने सिलसिला रोकिएको छैन । पछिल्लो समय चर्चित संगीतकार अनु मलिकलाई आराेप लागेको छ ।४२ वर्षीया गायिका सोना महापात्राले संगीतकार अनु मलिकले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । अनु मलिकले आफूलाई अबेर रातमा पनि लगातार फोन गर्ने गरेको बताएकी छन् ।
सोनाले अनु मलिकसँग २००६ मा एउटा कार्यक्रममा पहिलो पटक भेट भएको हिन्दुस्तान टाइम्ससँगको एउटा साक्षात्कारमा बताइन् । उनले भनिन्, ‘उनले मलाई र मेरो श्रीमान राम सम्पतलाई लन्चका लागि आईटीसी ग्र्याण्ड मराठामा बोलाएका थिए । मेरो श्रीमानसँग उनी पहिले नै काम गरिसकेका थिए । उनलाई हाम्रो विवाह भएको थाहा थिएन । भेटघाटकै क्रममा म रेस्ट रुममा गएँ । त्यतिबेला अनु मलिकले एउटा भद्धा टिप्पणी गरे – क्या माल छ सम्पत
सोनाका अनुसार त्यसपछि पनि अनु मलिकले रातिराति फोन गरेर अचम्मका कुरा गर्थे । पछि सोनाले मलिकको फोन उठाउनै छाडिदिइन् ।हिन्दुस्तान टाइम्सका अनुसार राम सम्पतले पनि यो आरोपको पुष्टि गरेका छन् । अनु मलिकले भने यो आरोपमा बोल्न अस्वीकार गरेका छन् ।यसभन्दा पहिले पनि सोनाले कैलाश खेरमाथि यस्तै आरोप लगाएकी थिइन् । ट्विटरमा उनले लेखेकी थिइन्, ‘एकपटक म कैलाश खेरसँग एउटा कन्सर्टको तयारीका लागि मुम्बईको पृथ्वी क्याफेमा गएको थिएँ । त्यतिबेला उनले मेरो तिघ्रामा हात राख्दै भनेका थिए – ‘तिमी निकै नै सुन्दर छौ । राम्रो भयो कि कुनै अभिनेताले नभएर एउटा संगीतकारले तिमीलाई पायो ।’ यो सब सुनेपछि म त्यहाँबाट निस्केँ ।’
October 12, 2018 11:13 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग