Thursday 26th March 2026

अमेरिकी आकाशमा नेपाली छोराले बनाएको जहाजले उडान भर्न थाल्यो, महावीरलाई पहिलो एयात्रु बनार आफैले उडाए

7 years अगाडी

काठमाडौ । नेपाली छोराछोरीले विश्वका विभिन्न कुनामा विश्वनै चकित हुने खालका चमत्कार गरिरहेका छन् । उनीहरुले ठुलठुला परिवर्तनमा सफलता हात पारेका छन । अमेरिका बस्ने नेपाली पाइलट प्रमोद रेग्मीले आफै जहाज बनाएर त्यसमा नेपालका प्रविधि विज्ञ महावीर पुनलाई अमेरिकी आकाशमा उडाएका छन् । लामो समय लगाएर पाइलट रेग्मीले डेढ करोड आफ्नै लगानीमा जहाज निर्माण गरेर अमेरिकी हवाइ विभागमा सूचिकृत गरेर उडान अनुमति समेत प्राप्त गरि उडान भरिरहेका छन । काठमाडौं घर भई लामो समयदेखि अमेरिकामा बस्दैं आएका रेग्मीले आफैंले जहाज निमार्ण गरेका हुन । नेपालबाट अमेरिका पुगेका महावीर पुन पाइलट प्रमोदको जहाजमा पहिलो नेपाली पाहुना यात्रु भएर ४५ मिनट आकाशमा उडेका हुन ।

अमेरिकी आकाशमा नेपालीको जहाजमा शयर गर्दै पुनले भने, “नेपाली भाइहरूले बनाएको जहाजमा बसेर अमेरिकाको आकाशमा उड्दा खुसी र गौरव लाग्यो,” महावीरले थप भने “यस्ता प्रतिभाहरू नेपालका लागि गौरव हुन्, नेपालबाट पाइलट कोर्श गर्न बाहिर जाने विद्यार्थी र ठूलो धनराशी रोक्न सकिन्छ, त्यसको संभावनाबारे बहसको खाँचो छ ।” पाइलट प्रमोद र महावीर अमेरिकी आकाशमा उड्दा अनबोर्ड क्यामेरामा रेकर्ड गरिएको भिडियो हेर्न यहाँ थिच्नुहोस ।उडान पछि पुनले पाइलट प्रमोदको ग्यारेज पनि अवलोकन गरेका थिए । पाइलट प्रमोदले ग्यारेजबाट आफ्नो जहाज निकालेर रनवे हुँदै अमेरिकी आकाशमा उडान भरेको देखेका महावीरले नेपालीका लागि यो निकै खुसीको कुरा भएको प्रतिकृया दिएका छन । यत्ता प्रमोदको सपना भने आफ्नैं मातृभुमिमा आफैंले बनाएको जहाजमा सयर गर्नु रहेको छ ।

          October 12, 2018 11:25 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...