Thursday 26th March 2026

यस्तो छ,गणतन्त्र आएपनि जनता अझै पूर्व राजाकैमा पुग्छन् दशै मनाउँन

7 years अगाडी

काठमाडौं । देशमा गणतन्त्र आएपनि केही जनताले पुर्व राजालाई नैं आफ्नो अभिभावक मान्ने गरेका छन । हरेक वर्ष दशैंमा निर्मलनिवास सर्वसाधारणले भरिएको हुन्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् ।

निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लगाउने कार्यक्रम तय भएको छ । त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

          October 12, 2018 12:55 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...