हजुरबासँग मेला हेर्न गएका बालकको अपहरण, बाबुसँग फिरौती रकम मागी हत्या
7 years अगाडी
Susma Dhakal
बारा, २८ असोज । बाराको सिम्रौनगढ–३ का एक ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । असोज २४ बेलुकी देखि हराएका नयका टोल बस्ने धनेश्वर राय यादवका ५ वर्षीय गोलु भन्ने दीपक यादवको अपहरणपछि हत्या भएको हो ।
गएराति बालकको शव गाउँ नजिकैको फेला परेको थियो । अपहरणको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने श्याम बैठा धोबी र हरिन्द्र महतो गरी स्थानीय दुई युवकलाई पक्राउ गरेको छ ।
थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बालक दीपक असोज २४ गते नजिकैको रनीवासमा हजुरबुबासँग मेला हेर्न गएका थिए । अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेकाु बुझिएको छ ।
October 14, 2018 1:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
Loading...