Wednesday 27th August 2025

जानी राख्नुहोस : पूजा सकिएपछि शिवमन्त्र पढ्नुस्, पाउनुहुन्छ ठूलो पुण्य !

7 years अगाडी

भगवान शिवको एक मन्त्र हामीमध्ये धेरैले सुनेका छौं ।

कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्
सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।। यसको अर्थ लाग्छ : कपूरजस्तो सेतो वर्ण भएका, करुणा र दयालुताका अवतार, संसारको सार र सर्पलाई माला बनाउने प्रभु शिव माता पार्वतीका साथ सदैव मेरो हृदयमा निवास गर्नुहोस् र मलाई आशीर्वाद दिनुहोस् ।

यस मन्त्रको महिमा अद्भुत छ । कुनै पनि मन्त्रको जप देवताविशेषलाई प्रसन्न गराउनका लागि हुन्छ । शिवको यस मन्त्रको जप पनि यही प्रयोजनका लागि गरिन्छ । जहाँ भएपनि भगवानको यो मन्त्र जप्दा मनमा शीतलता उत्पन्न हुन्छ । हुन त महादेव भोलानाथलाई प्रसन्न गराउन ठूलाठूला कर्मकाण्ड गरिरहनुपर्दैन एक लोटा शीतल जल, बेलपत्र र मन्त्रजापबाट नै शिवजी प्रसन्न भइहाल्नु हुन्छ ।

यो श्लोक पहिलोचोटि भगवान् विष्णुले शिवपार्वतीको विवाहमा उच्चारण गर्नुभएको थियो । यसमा भगवान् शिवको महान् दिव्य स्वरूपको चर्चा गरिएको छ ।
यसलाई जपेपछि पूजा सफल हुन्छ र भक्तले मनोवाञ्छित फल पाउँछ । शिवको स्तुति गर्दा मन शान्तभावमा हुनुपर्छ । भगवान् कुनै पनि आडम्बर रुचाउनुहुन्न । शान्तभावले जुन समयमा पनि भोलेनाथको स्मरण गर्न सकिन्छ । सरल भगवान् शिवलाई देवता र असुर दुवैले उत्तिकै श्रद्धाका साथ पूजा गर्छन्।

          October 14, 2018 1:57 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...