

यस्तो त शत्रुलाई पनि नहोस,मन मिल्यो प्रेम बस्यो, विवाह र छोराः पछि थाहा भयो उनी त

केही मानिसहरुको भाग्यले पनि अचम्मको खेल खेल्ने गर्दछ । वर्षौं पहिले बिछोडिएकी आमा खोज्न निस्किएका एक श्रीमान्–श्रीमती त्यतिबेला अवाक भए जब उनीहरुलाई दुबैका आमा एउटै भएको थाहा भयो । स्पष्ट शब्दमा भन्ने हो भने श्रीमान्–श्रीमती आफ्नै दाइ बहिनी भएको रहस्योद्घाटन भयो । अंग्रेजी वेबसाइट द सनको स्तम्भ डियर डाइड्रीमा एक व्यक्तिले आफ्नो यो समस्या बयान गरेका छन् ।स्मरण रहोस्, डियर डाइड्री यस्तो स्तम्भ हो जहाँ मानिसहरु आफ्नो समस्या वर्णन गर्ने गर्दछन् । ती व्यक्तिको नाम गोप्य राखिन्छ र उनीहरुलाई समाधानका उपाय सुझाइन्छ ।
के हो पूरा मामला ?
डियर डाइड्रीमा आफ्नो समस्या बारे वर्णन गर्दै ३९वर्षीय एक व्यक्तिले लेखेका छन् – मलाई बाल्यकालदेखि नै थाहा थियो कि म एक धर्मपुत्र हुँ । आफूसँगै अफिसमा काम गर्ने एक महिलाको आगमनले मेरो जीवनले नयाँ मोड लियो ।उनी मभन्दा पाँच वर्ष कान्छी थिइन् । जब हामीबिच कुराकानी हुन थाल्यो तब मलाई थाहा भयो कि उनलाई पनि धर्मपुत्रीको रुपमा पालिएको थियो ।
उनलाई देखेपछि मेरो जीवनमा कोही आयो र उनले नै मलाई राम्रोसँग बुझ्नेछिन् भन्ने कुरा महसुस हुन थाल्यो । म जे सोच्थें उनले पनि मबारे त्यस्तै धारणा भएको बताइन् । हामीलाई लाग्यो कि हामीले सच्चा साथी पाएका छौं ।
३५ को उमेरमा गरे विवाहः
कुराकानी र प्रेम सुरु भएको एक वर्षपछि मैले उनीसँग विवाह गरें । आज हाम्रो एक छोरा छ । तर मभित्र सधैं एउटा कुराको कमी थियो त्यसकारण मैले सोचें कि हामीले हाम्रो वास्तविक आमाको खोजी गर्नुपर्छ ।
मैले यसबारे श्रीमतीलाई भने र उनले पनि त्यसै गरौं भनिन् । हामी सँगै एक अर्काका आमाको खोजी गर्न थाल्यौं ।केही समय खोजेपछि हामीले आ–आफ्ना आमालाई भेट्यौं । हामी दुबैको आमा एउटै भएको थाहा पाएपछि हामीमाथि आकाश खस्यो ।त्यो दिनदेखि हामीबिचको सम्बन्ध बिग्रिएको छ । एक दिन मेरी श्रीमती (जो मेरी बहिनी थिइन्) छोरासँगै आइन् र भनिन्, ‘मलाई यो सम्बन्धप्रति घिन लाग्यो ।’
नोट : यसमा प्रयोग गरिएको तस्विर इन्टेरनेटबाट लिइएको एक सांकेतिक तस्विर मात्र हो । यस तस्विर कसैसँग मिल्न गएमा यो सयोग मात्र हुनेछ ।
June 16, 2018 11:27 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

