Tuesday 24th March 2026

पंचायतले लियो बलात्कार गर्ने काका र पीडित १३ वर्षीया भतिजीलाई जिउँदै जलाउने फैशला

7 years अगाडी

पछिल्लो समय नेपालमा बलात्कारको घट्नाले उग्र रुप लिएको छ । फेरी चाइसाबाको यो मंझारी थाना क्षेत्रमा काकाले आफ्नी १३ वर्षीया नाबालिक भतिजीको बलात्कार गरे का छन् । उनी गर्भवती भइन्। यही विषयमा छलफल गर्न गाउँमा महापंचायत बोलाइयो। महापंचायतले आरोपी २८ वर्षीय रोविनलाई दोषी ठहर गर्दै पाँच लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गर्यो। साथै आरोपी र पीडित दुवैलाई जिउँदै जलाउन आदेश दियो।
यो समाचार सार्वजनिक हुने वित्तिकै एसपी क्रान्ति कुमारले घटनाको जाँच गर्न आदेश दिएका छन्। उनले भने–यो निकै गम्भीर विषय हो। घटना सार्वजनिक भएपछि केही हप्ता अगाडि पनि गाउँमा पंचायत बोलाइएको थियो। तर त्यो बेला आरोपी रोबिन कुंकल पंचायत समक्ष उपस्थित भएका थिएनन्।’

मंगलबार साँझ करिव ५ बजे गाउँमा महापंचायत बोलाइएको थियो। उक्त महापंचायतमा आदिवासी हो समाज, युवा महासभाका पदाधिकारी र ग्रामीण मुंडाहरु पनि सहभागी थिए। आरोपी रोबिनलाई पनि महापंचायतमा बोलाइएको थियो। जहाँ रोबिनले आफ्नो गल्ती स्वीकार गरे।
आदिवासी हो समाज युवा महासभाका जिल्लाध्यक्ष गब्बरसिंहले फैसला पढेर सुनाएका थिए।

उनले भने– हो समुदायको परम्परामाथि चर्चा गर्दै कोही पनि व्यक्ति समाजमाथि नहुने निष्कर्ष निकाल्दै ‘हो’ समाजको परम्परा र रीति रिवाज अनुसार जिउँदै जलाउने महापंचायतमा पंचको सामाजिक फैसलामा समर्थन छ, ताकि यस्ता घटना फेरि नदोहोरियोस्।’पारिवारिक स्रोतका अनुसार रोबिन आफ्ना दाजुको काममा सहयोग गर्थे। करिव तीन वर्षदेखि उनको त्यहाँ जाने क्रम सुरु भएको थियो। करिव दुई वर्षदेखि रोविन पीडितको घरमा बस्थ थालेका थिए। यहीबीचमा डर र धम्की देखाउँदै ६ कक्षामा अध्ययनरत १३ वर्षीया भतिजीलाई बलात्कार गरेका थिए।

          October 25, 2018 1:28 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...