मुग्लिन पुलबाट बुबाले हाम फाले, सडकमा परिवारको रूवाबासी
काठमाडौँ। दशैँमा परिवारमा रूवाबास पारेर एक बृद्धले मुग्लिन पुलबाट हाम फालेर संसार छाडेका छन् । मुग्लिन बजारमा दशैंको चहलपहल थियो । दशैंका यात्रुको सवारी चापले मुग्लिन बजार र सडक भरिएको थियो । मुग्लिन बजारहुँदै पोखरा तर्फ लाग्ने पुलमा दिनभर सवारी चाप हुन्थ्यो । सबेरै बिहानको सुनसान मौकामा एक वृद्धले पुलबाट हाम फालेर आफ्नै प्राण लिए । हेटौडा घर भएका माइला भोटेको घरमा दशैँको रमझम सुरू भएको थियो । तर उनी एकाएक चटक्कै घर छाडेर हिडे । ६५ बर्षीय यी बृद्धले मुग्लिन पुलबाट हाम फालेर आफ्नो जीवनलिला समाप्त पारे । अरूका घरमा दशैँ भित्रिदै थियो तर माइला भोटे घरबाट वेपत्ता भएपछि उनको घरमा रूवावास चल्यो ।
दशैंको ९ दिन पहिले हेटौडास्थित आफ्नो घरबाट हिडेका माइलालेले मुग्लिनको एक पसलमा बिहानै चुरोट किनेका थिए । उनको विछिप्त अवस्था देखेर स्थानीयले उनको तस्बिर खिचेर फेसबुकमा राखेका थिए । त्यही दिन उनले मुग्लिन पुलमा चप्पल चिनो छाडेर त्रिशुली नदीमा हाम फालेका उनका ठूला ज्वाइँ प्रेमबहादुर बमजनले बताए । परिवारले कैयौं दिन माइला भोटेलाई खोज्यो । पुलबाट हाम फालेको थाह पाएपछि त्रिशुलीमा खोजी गर्दा पुलदेखि करिव ५ किलोमिटर टाढा किनारामा शव तैरिएको देखेपछि परिवारको रूवावासीले मुग्लिन–नारायणगढ सडकमै जाम हुनेगरी यात्रु र सवारी साधन रोकिए । सडक किनारामा परिवारका सदस्यको रूवावासी चलिरहेको थियो भने त्यसको ठिक तल त्रिशुली किनारामा बृद्धको शव तैरिरहेको थियो ।
October 25, 2018 2:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो