Saturday 4th April 2026

बाल यौन दुराचारमा संलग्न विदेशी नागरिक ठमेलबाट पक्राउ

8 years अगाडी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारमा संलग्न विदेशी नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले समाज सेवा गर्ने भन्दै नेपालमा आई विपन्न परिवारका बालबालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा जबर्जस्ती करणी गर्ने नेदरल्याण्डका ६६ वर्षीय पिट हेन भ्यान टेरविसगालाई बिहीबार ठमेलस्थित सात घुम्तीबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

प्रहरीले उनीसँगै रहेको अवस्थामा एक जना नेपाली बालकलाई समेत उद्धार गरेको छ। पक्राउ टेरविसगालाई जबर्जस्ती करणी महलको बाल यौन दुराचार अपराधअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। मुलुकी ऐनअन्तर्गत जबर्जस्ती करणीको महलअन्तर्गत उक्त बाल यौन दुराचार अपराधमा अधिकतम ११ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्तिसमेत भराउने कानूनी व्यवस्था रहेको छ।

          June 16, 2018 11:49 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...