मी टु अभियान : टेलिभिजन अभिनेत्री टेनीले गरिन सनसनीपूर्ण खुलासा
एजेन्सी । बलिउड क्षेत्रमा मी टु अभियानले यतिवेला तहल्का मच्याएको छ। एकपछि अर्का कलाकारले आफूमाथि भएको सेक्सुअल ह्यारेसमेन्टका बारेमा खुलासा गर्दै गएका छन्। यसै क्रममा टेलिभिजन कलाकार दिल से दिल तकबाट चर्चामा आएकी टेनी अर्थात अभिनेत्री जैस्मीन भसीनले पनि आफूमाथि भएको सेक्नुअल ह्यारेसमेन्टका बारेमा खुलासा गरेकी छिन्। जैस्मीनले आफ्नो मी टु अभियान शेयर गर्दै भनेकी छिन्, अडिसनका क्रममा म माथि पनि यस्तो घटना भएको थियो, जति बेला डाइरेक्टरले मलाई आफ्नो कपडा खोलेर आफ्नो विकिनी रुप देखाउन भनेका थिए।
उनले भनिन्, जब म मुबंई आएकी थिए, तब म अलग अलग क्षेत्रमा अडिसन्स र मिटिङका लागि जाने गरेकी थिए। यसै क्रममा मेरा एजेन्सीले मलाई मिटिङका लागि बोलाए। मलाई एजेन्सीले भनेका थिए, एक डायरेक्टरले फिल्म बनाउँदैछन्, तिमी गएर उनलाई भेट र अडिसन देउ। जैस्मीनले फेरि भनिन्, म अडिसनका लागि गए। हाम्रो कुराकानी सुरु हुँदा मलाई अप्ठ्यारो लागिरहेको थियो। उनले सुरुवातमा मलाई सोधे, तिमी अभिनेत्री बन्नका लागि कुन हदसम्म जान सक्छौँ, के गर्न सक्छ्यौँ। यस्तै कुराकानी गर्दै गर्दा उनले मलाई भने, म तिमीलाई बिकनीमा देख्न चाहन्छु, के तिमी मलाई आफ्नो कपडा खोलेर देखाउन सक्छ्यौँ। त्यसपछि मैले बुझे, यहाँ केही गलत हुने वाला छ। मैले भने रोलमा त यस्तो कुनै डिमान्ड छैन्, त्यसैले मलाई लाग्दैन की कुनै युवतीसँग कुरा गर्ने यो सही तरिका हो।
उनले थप्दै भनिन्, त्यसपछि डायरेक्टरले भने बस् यसैले की म तिम्रो लुक्स देख्न चाहन्छु। त्यस समय मैले निकै स्मार्ट भएर निर्यण लिए। मैले उनलाई भने जुन तरिकाले तपाईले चहनुभएको छ त्यो तरिकाले म आफ्नो अडिसन दिन सक्दिन। हामी कुनै दिन भेटौला । यती भनेर म त्यहाँबाट हिँडे। त्यसपछि मैले तुरुन्त मेरो एजेन्सीलाई फोन गरेर सबै कुरा सुनाए, त्यसपछि एजेन्सीले म सँग माफी माग्यो।
October 26, 2018 12:07 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग