पोखरामा २८ जना डेंगू संक्रमित
१० कात्तिक, कास्की । पोखरामा डेंगूको संक्रमणबाट २८ जना विरामी भएका छन् । असोजको पहिलो सातादेखि हालसम्ममा २८ जनामा डेंगूको संक्रमण देखिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । असोजको पहिलो साता २ जनामा डंेगुको संक्रमण देखिएको थियो ।तर दशैंको मुख र त्यसपछिको दिनमा बढेर २८ जनामा संक्रमण भएको पुष्टि भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका निर्देशक हेमन्त पौडेलले जानकारी दिए उनका अनुसार गण्डकी मेडिकल कलेज, चरक हस्पिटल र फेवासिटी हस्पिटलमा संक्रमितहरु उपचारका लागि पुगेका थिए । उनीहरु सबैमा डेंगूको संक्रमण भएको पुष्टि भएको उनले बताए । विरामी सबै पोखरा महानगरपालिका वडा नम्बर ८ शिवालयचोक वरपरका हुन् ।गण्डकी मेडिकल कलेजका मेडिकल विभाग प्रमुख डा.तीर्थलाल उपाध्यायले आफ्नो हस्पिटलमा हालसम्म १० जना डंेगू संक्रमित उपचारका लागि आएको बताए । उनका अनुसार हालसम्म भेटिएका डेंगूका बिरामी सामान्य उपचार पछि घर फर्किएका छन् ।
डेंगूको संक्रमण देखिएसँगै पोखरामा सचेतना अभियान शुरु गरिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । संक्रमणबाट जोगिन अप्नाउनुपर्ने सतर्कता, सरसफाइसँगै डेंगू भइसकेपछि गर्नुपर्ने उपचारबारे सचेतना अभियान सञ्चालन गरिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका निर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार सचेतना अभियानका क्रममा पानीका खुल्ला भाँडामा राखिएका पानीमा डेंगूले अण्डा (फुल) पार्ने र त्यहिँबाट रोगको संक्रमण शुरु हुने भएकाले त्यसलाई नष्ट गर्ने गरिएको छ ।यसैबीच, डेंगूको संक्रमण भएको खबर सार्वजनिक भएलगत्तै गण्डकी प्रदेश सरकारले चासो व्यक्त गरेको छ । प्रदेश सरकारले डेंगू संक्रमण रोकथामका लागि सचेतना अभियान सञ्चालनका लागि पोखरा महानगरपालिकासँग मिलेर काम गर्ने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा. तारा अधिकारीले बताए ।
October 27, 2018 11:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’