पौराणिक रहस्यः के वास्तवमै रावणको टाउको दश वटा थियो ?
असत्यमाथि सत्यको जीत भएको प्रतिकात्मक सन्देश छ, विजय दशमीको । धार्मिक कथन अनुसार यस दिन भगवान रामले रावणलाई बध गरेका थिए । रावण, लंकाको राजा । उनको प्रवृत्ति राक्षसी हो ।तस्विरमा रावणलाई दश वटा टाउको भएको देखाइन्छ । के वास्तवमै रावणको दश वटा टाउको थियो ? यसको कुनै सांकेतिक अर्थ होला ?पक्कैपनि, रावणको दश वटा टाउको देखाउनुको रहस्य अर्थपूर्ण छ । रावणको एउटा पाटो राक्षसी हो भने, अर्को पाटो विद्वान पनि । उनी दर्शन र चार वेदका ज्ञाता थिए ।
रावणलाई पुकार्ने अरु पनि नाम छन्, जस्तो कि, दशानन । दशकन्ठी । अर्काथरीको भनाई के छ भने रावणको दश वटा टाउकाको अर्थ खराबको प्रतिक मानिन्छ । काम -वासना), क्रोध, मोह, लोभ, द्वेष, घृणा, पक्षपात, अहंकार, व्यभिचार, धोका यी सबै खराब तत्वलाई रावणको टाउकोबाट दर्शान्छ ।
खासमा रावण महषिर् विश्रवा र कैकसी नामकी राक्षसीका छोरा थिए । रावणका माता कैकसी खासमा राक्षसका महाराजा सुमालीकी छोरी थिइन् । रावणलाई आफ्ना पिता महषिर् विश्रवाबाट वेद शास्त्रको ज्ञान प्राप्त भएको थियो । साथै, आफ्नी माता कैकसीबाट राक्षसी प्रवृत्ति उनमा विकास भएको थियो ।
रावणको अर्को रुप पनि थियो, जसबारे धेरैजसो अनभिज्ञ छन् ।रावण ब्राम्हाण कुलका थिए र त्यसबेला उनी जस्ता प्रकाण्ड विद्वान कोही थिइनन् । रावण एक कुशल वीणा वादक पनि थिए । भनिन्छ कि, रावणसँग शास्त्रार्थ गर्ने साहस त्यसबेला ठूल-ठूला पन्डितसँग पनि हुँदैनथ्यो । जब रावण वीणा बजाउँथे, तयसबखत मानिस वा राक्षस मात्र होइन, देवलोकका अप्सरा समेत दंग पर्थे । र, रावणको वीणको तान सुनेर मन्त्रमुग्ध भइ नृत्य गर्न थाल्थे ।रावण शिवभक्त थिए । रामायणका केही स्थानमा यस कुराको पनि उल्लेख छ । रावणमा अद्भूत बल थियो ।
एकथरीको भनाई छ, रावण एक मायावी व्यक्ति थिए । त्यसै कारण उनी आफ्नो दश टाउको हुनेको भ्रम पैदा गर्न सक्थे । उसको मायावी शक्ति र जादूको चर्चा पुरै जगतमा प्रसिद्ध थियो । रावणको दश वटा टाउको भएको चर्चा रामचरितमानसमा पनि आउँछ ।रावण कृष्णपक्षको रात युद्धको लागि निस्किएका थिए । हरेक दिन क्रमशः एक एक टाउको काटिन्थ्यो । दशौँ दिन अर्थात शुक्लपक्षको दशमीको दिन रावणको वध भएको थियो । त्यसैले अहिले पनि दशमीको दिन रावणको दहन गरिन्छ ।
रामचरितमानसमा वर्णन गरिएको छ, जुन टाउकोको राम काटिदिन्थे पुनः त्यही स्थानमा दोस्रो टाउको पलाउथ्यो । अचम्मको कुरा त के हो भने एक अंग काटिएपछि पनि त्यही स्थानमा पुनः नयाँ अंग उत्पन्न हुन सक्छ ? वास्वतवमा रावणको त्यो टाउको कृत्रिम थियो आसुरी मायाबाट बनेको भन्ने तर्क पनि अर्कार्थरीको छ । समुन्द्रमा चन्द्रमाको बिन्दुबाट स्वर्ण मृग बन्नु, रावणले सीताको अगाडि रामको काटेको टाउको राखिदिएका थिए । यी सबैबाट के पुष्टि हुन्छ भने, उनमा इन्द्रजालको पनि ज्ञान थियो । यस हिसाबले रावणको दश वटा टाउको र हात पनि केवल जादुयी ढंगबाट देखाइएको मानिन्छ ।
October 27, 2018 11:58 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :