अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु
संखुवासभा, २ असार : अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताउनुभयो ।
ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको मृत्यु भएको हो । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर विद्युत् मिस्त्री थिए ।
घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक सारुमगरले बताउनुभयो । ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थलमा लगिसकिएको छ ।
June 16, 2018 12:23 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: