Saturday 20th December 2025

ऐश्वर्या–रानीदेखि टीना अम्बानीसम्म यिनका ग्राहक, आखिर के हुन् यिनी?

7 years अगाडी

एजेन्सी। बलिउडमा सबैका विवाह, टिकोटालो वा कुनै चाड नै किन नहोस्, ती सबैमा एक जना निकै खास मानिन्छिन् मेहन्दी कलाकार वीना नागदा। केही दिन अगाडि करवा चौथको दिन बलिउडका चर्चित अभिनेत्रीहरु वीनासँग मेहन्दी लगाउन पुगेका थिए। खासगरी रानी मुखर्जी मेहन्दी लगाउन वीनाकोमा पुगेकी थिइन्। उनले मेहन्दी लगाएको फोटो सामाजिक संजालमा शेयर गरेकी छन्। रानी मात्रै होइन काजोल, शिल्पादेखि लिएर करीना कपुर, ऐश्वर्या तथा टीना अम्बानीसहित कयौं व्यापारीका श्रीमती–छोरी–बुहारी प्रत्येक चाडपर्व वा उत्वसमा वीनासँग मेहन्दी लगाउन पुग्छन्।

वीना महेन्दी लगाउने कलाका कारण बलिउडमा यति चर्चित छिन् की फिल्म निर्माता करण जोहर उनलाई महन्दी क्वीनको नामले बोलाउँछन्।
वीनाले बलिउडका केही फिल्ममा मेहन्दी डिजाइनरको रुपमा काम पनि गरेकी छन्। कभी खुशी कमी गम, मेरे यार की शादी है, गड तुस्सी ग्रेट हो, यू मी और हम, पटियाला हाउस, ये जवानी है दिवानी, ये दिल है मुश्किल जस्ता फिल्ममा उनले काम मेहन्दी डिजाइनरको रुपमा काम गरेकी छन्।
वीनाका रेगुल कस्टमर्समा डिंपल कपाडिया, माधुरी दीक्षित, ट्विंकल खन्ना, श्वेता बच्चन, फराह खान, नेहा धुपिया, शिल्पा शेट्टी, प्रिटी जिन्टा, नीता अम्बानी, प्रियंका चोपडा, स्वरा भास्कर, करिश्मा कपुर, सुनीता कपुर, साक्षी धोनी लगायत छन्।

मेहन्दी कलाकार वीना नागदाले आफ्नो करियरको सुरुवात ३० वर्ष पहिला १९८८ मा गरेकी थिइन्। वीना विश्वकी अब्बल मेहन्दी कलकार हुन्। वीनाको जन्म मुम्बईको एक मध्यम वर्गीय परिवारमा भएको थियो। राम्री विद्यार्थी भएपनि उनी पैसाका कारण एसएससीको पछि अगाडिको पढाइ अगाडि बढाउन सकिनन्। यद्यपी पछि उनले मेहन्दी व्यापारमा हात हालिन र उनी निकै सफल पनि भइन्।
श्रीदेवीको निधनपछि वीनाले उनीसँग खिचेका कयौं फोटो शेयर गरिन्। वर्षौंदेखि श्रीदेवीलाई वीनाले नै मेहन्दी लगाइँ दिन्थिन्।

          October 28, 2018 11:27 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...