Tuesday 24th March 2026

नेपालमा कोकाकोलाको नयाँ काम ‘वर्ल्ड विथआउट वेस्ट’ सुरु

7 years अगाडी

काठमाडौं, कात्तिक ११ । चर्चित पेयपदार्थ कोकाकोलाले नेपालमा नयाँ परियोजना सुरु गरेको छ । संस्थाको रणनीतिक लक्ष्यअनुरुप रिसाइकिलिंग र फोहोर व्यवस्थापनमा कोकाकोलाले नेपालमा आफ्नो पीईटी बोतल पुनःप्राप्ति परियोजनाको विस्तार गरेको हो । यस परियोजना अन्तर्गत कोकाकोला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुर चितवननजिकै एक नयाँ पीईटी पुनःसंकलन केन्द्र स्थापित गर्ने भएको छ ।कोकाकोला नेपालमा आफ्नो वर्तमान पीईटी फोहोर रिकवरी प्रयासमा गति प्रदान गर्न परियोजनामा लगभग २७०,००० डलर लगानी गर्ने योजना बनाएको छ क्रिएसनसंगको साझेदारीमा यो परियोजनाले स्थानीय नगरपालिका, व्यापार प्रतिष्ठान, नागरिक र फोहोर संकलनहरुसंग सहयोग लिदै नेपाललाई पीईटी फोहोर पुनःसंकलनको समाधान खोज्नतर्फ जोड दिने जनाएको छ ।

परियोजनाबारे जानकारी दिँदै कोकाकोला कम्पनिका एसिया प्रशान्त क्षेत्रका अध्यक्ष जन मर्फीले भने, ‘नेपालमा वोर्ल्ड विथआउट वेस्ट सुरुवात गर्नका लागि आफ्नो प्रतिबद्धता बिस्तार गर्दा मलाई एकदम खुशी लागेको छ । हामी हाम्रो पुनःसंकलन र फोहोर व्यवस्थापनको प्रयासहरूलाई अझै बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम जारी गरिरहने छौं ।’कोकाकोला कम्पनीको ‘वोर्ल्ड विथआउट वेस्ट’ अर्थात् फोहररहित विश्व सिर्जना गर्न रिसाइकिलिंगका लागि कम्पनीको प्रतिबद्धताको एक हिस्सा हो । सन् २०३० सम्म प्याकेजिंगको १००/५ बराबरको संकलन र पुनप्रयोग गर्न सहयोगको लागि कम्पनीको ग्लोबल लक्ष्य छ ।

पर्यावरण संरक्षण र सामाजिक कल्याणप्रतिको आफ्नो प्रतिबद्धताको रूपमा, पीईटी रिकभरी र रिसाइकिलिंगतिर ध्यान केन्द्रित गरी नेपालमा पीईटी रीसाइक्लिंगको महत्त्वपूर्ण मात्रा प्राप्त गर्न कोकाकोला प्रतिबद्ध रहेको जनाएको छ । पेय पदार्थ कम्पनीले सन् २०१४ मा यसको पुनःसंकलन दृष्टिकोणको सुरुवात गर्न एक बहुसंख्यक परियोजना ‘नगर मित्र’ सुरु गरेको थियो । उक्जत परियोजनालाई एक सामाजिक उद्यम पनि भनिन्छ । त्यसमा पिछडिएका महिलाहरूका लागि पर्याप्त संख्यामा हरियाली कार्यहरुको सिर्जना र स्वछ वातावरणमा योगदान पुर्‍याउन पीईटी बोत्तल कुशल र जिम्मेवार तन्त्रद्वारा संकलन र व्यवस्थापन गरिएको थियो ।

यसको अतिरिक्त, डब्ल्यूडब्ल्यूएफ नेपाल, हिमालय कलईमेट इनिसिएटिभ र जीआईजेडसहित आफ्नो स्थायी साझेदारका सहयोगमा, कम्पनीले नेपालमा रीसाइक्लिंग समाधानका लागि रीसाइक्लिंग र अवसरको खोजीका बारे जागरूकता बढाउने जस्ता गतिविधिमा सक्रिय रुपमा संलग्न हुँदै आएको कोकाकोलाले जनाएको छ ।नयाँ परियोजनाबारे टिप्पणी गर्दै डब्ल्यूडब्ल्यूएफ नेपालको देश प्रतिनिधि डा.घनश्याम गुरुङ भन्छन्, ‘डब्ल्यूडब्ल्यूएफको लागि प्राकृतिक स्रोतको चुनौतिको सम्बोधन गर्न साझेदारी महत्वपूर्ण हुन्छ । हामी डब्ल्यूडब्ल्यूएफ र कोकाकोला कम्पनि बीचको दीर्घकालिक सम्बन्ध देखेर खुशी छौं, जसले संयुक्त रूपमा पानीको सतत उपयोगको बढ़ावा गर्न, स्थानीय समुदायको जीवनसैली बढाउन र नेपाल र संसारभर ताजा पानीको पारिस्थितिक तंत्रको संरक्षण गर्दछ ।’

          October 28, 2018 1:00 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...