काभ्रेमा जिप दुर्घटना हुँदा डिआइजी शुसील भण्डारी सहित ४ जनाको मृत्यु
7 years अगाडी
Susma Dhakal
काभ्रे ,काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन्। मण्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नम्बरको जिप पल्टिदा ३ जनाको ज्यान गएको छ भने पाँचखाल नगरपालिकाको तिनपीपलेमा भएको अर्को सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको हो।
जिप दुर्घटनामा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियन प्रदेश नम्बर ३ का अध्यक्ष विनोद कार्की र पूर्व डिआइजी शुसील भण्डारी रहेको प्रहरीले जनाएको छ।
जिप दुर्घटनामा परी घाइते ५ जनाको धुलिखेल अस्पताल उपचार भइरहेको छ। त्यसैगरी आइतबारै पाचँखाल तिनपीपलेमा धुखिलेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही स्थानकी ५६ वर्षीय रञ्जना गौतमको मृत्यु भएको छ।
October 28, 2018 1:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
Loading...