मनै लोभ्याउने मानव निर्मित इन्द्रसरोवर ताल
काठमाडौँ। इन्द्रसरोवर ताल। नेपालको सबै भन्दा ठूलो मानव निर्मित ताल हो। करिव ८ किलोमिटरको क्षेत्रफलमा फैलिएको यस मानव निर्मित ताल अवलोकन गर्न दिनहुँ आन्तरिक पर्यटक आउने गर्दछन्।
मकवानपुर जिल्लाको मार्खुमा रहेको यस तालमा विशेष गरेर मानिसहरु डुङ्गा सयर र तालको सौन्दर्य नियाल्न पुग्ने गर्दछन्।राजधानीको धुँवा, धुलो र कोलाहल बिर्सन नै किन नहोस्, इन्द्रसरोवर क्षेत्र शान्त मनोरम वातारणको आनन्द उठाउनेका लागि गन्तव्य नै बनेको छ। जलविद्युत उत्पादनका लागि बनाइएको यस तालमा विद्युत उत्पादनका लागि मात्र नभएर रमणीय पर्यटकीय क्षेत्रको रुपमा पनि विकसित भइरहेको छ।
काठमाडौँको चन्द्रागिरी, धादिङको नौबिसे र फर्पिङ हुँदै इन्द्रसरोवर ताल अर्थात कुलेखानी जलबिद्युत सम्म पुग्न सकिन्छ। चिसो हावापानी र ताजा लोकल माछाको समेत स्वाद लिन सकिने यस क्षेत्रमा पर्यटकहरुका लागि होटल, लजको समेत व्यवस्था रहेको छ।
माछापालन समेत हुँदै आएको यस तालमा माछा हेरचाहका लागि तालको बीचमा काठको घरहरु समेत निर्माण गरिएको छ। रंगरोगन गरेर निर्माण गरिएको उक्त काठे घरले समेत त्यहाँ पुगेका पर्यटकको मन लोभ्याउने गरेको छ।कुलेखानी वरीपरीका हरिया पाखा र डाँडाकाडाका मनमोहक दृश्यले झनै सबैलाई मोहित बनाउँछ। पर्यटीय सिजनमा विदेशी पर्यटकहरु पनि यहाँ कमै मात्रामा भएपनि घुम्न आउने गर्दछन्।
June 16, 2018 1:06 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: